Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको जानकारी दिएको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको जनाएको छ । तिहार तथा छठ पर्वका समयमा विद्युत प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका छन् । त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए । सो अवधिमा विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । उनले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने उल्लेख गरे । पर्व अवधिभर विद्युतको माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ । यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको जनाएको छ । The post तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते
Latest NewsJust now

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्। ...

कान्तिपुर
सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
Latest NewsJust now

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा ...

केन्द्रबिन्दु
पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय युवकको ज्यान गयो
Latest NewsJust now

पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय युवकको ज्यान गयो

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार राति ८ः४५ बजे हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च […] ...

लोकपथ
विचरणमा रमाउँदै काग (तस्बिरहरू)
Latest NewsJust now

विचरणमा रमाउँदै काग (तस्बिरहरू)

धनकुटा, कात्तिक २१ गते । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । बिहानै कागलाई पूजा गरी मिठा खानेकुरा दिने धार्मिक परम्पराअनुसार विभिन्न स्थानमा कागलाई खानेकुरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play