Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए । उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ । जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रूत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुर्व्यावहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Latest NewsJust now

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ । ...

कान्तिपुर
मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल
Latest NewsJust now

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

काठमाडौं । मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्। मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्। मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ। रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि विल्सले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यो हारले ह्वाइट हाउसमा ...

केन्द्रबिन्दु
तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो
Latest NewsJust now

तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो

काठमाडौं । चीनको वुहुमा आयोजना गरिएको ओमोडा एण्ड जेइकुको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न भएको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए। समिटमा कम्पनीले आफ्ना नयाँ प्रविधि, सवारी साधन र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो । समिटको मुख्य […] ...

लोकपथ
अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ, कात्तिक २१ गते । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play