Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक
Photo / Coverage: पर्दाफास

आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । जसको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ । यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् । अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् । नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?
OthersJust now

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई न्यायाधीशबीच फरक राय आएको प्रसंग उठाउँदै न्यायिक निर्णयमा एकरूपता, निष्पक्षता र जवाफदेहिताबारे स्पष्ट पार्न पाण्डेसँग आग्रह गरेकी हुन् ।… ...

अनलाइन खबर
प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित
OthersJust now

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित

२१ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ । गत असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई… ...

अनलाइन खबर
संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?
OthersJust now

संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेलाई उनकी श्रीमतीसँग सम्बन्धित मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उनी स्वयं त्यही अदालतको न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन, नेकपा एमालेकी सांसद पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र… ...

अनलाइन खबर
हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
OthersJust now

हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । उक्त लाभांशमा करसमेत समावेश छ । सभामा आर्थिक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play