Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तिहार, छठ र नेपाल संवत् लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार, छठ र नेपाल संवत् लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। तिहार, छठ तथा नेपाल संवत् लक्षित सुरक्षा व्यवस्थालाई नेपाल प्रहरीले कडा बनाएको छ। चाडपर्वका क्रममा हुन सक्ने चोरी, डकैती, लुटपाट, आगलागी, कालोबजारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले व्यापारिक केन्द्र, भण्डारण स्थल तथा चाडपर्वमा बढी भीड हुने क्षेत्रमा निगरानी बढाएको छ। मिसावट तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायसँगको समन्वयमा संयुक्त बजार अनुगमनसमेत भइरहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता काफ्लेले कानुनविपरीतका गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउँदै प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार स्थानीय तहले फूल तथा मालाको बिक्री वितरणका लागि तोकेका स्थानमा मूल्यवृद्धिलगायतका विषयमा समेत प्रहरीले विशेष निगरानी गरिरहेको छ। “मिसावट गर्ने कुरामा संयुक्त बजार अनुगमन गरिरहेका छौँ। व्यापारिक केन्द्र तथा भण्डारण स्थलमा निगरानी बढाएका छौँ। कसैले कानुनविपरीत क्रियाकलाप गर्छ भने कारबाही हुन्छ। शून्य सहनशीलतामा नेपाल प्रहरी संगठनले आफ्ना प्रहरी कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको अवस्था छ,” उनले भने। घर लामो समय खाली नराख्न आग्रह प्रहरीले तिहारका बेला लामो समयका लागि घरबाहिर जाँदा विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ। घर खाली रहेका बेला चोरी, डकैती तथा लुटपाटको जोखिम बढ्न सक्ने भन्दै यात्रासम्बन्धी विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ। घरमा बहुमूल्य गरगहना तथा ठूलो रकम नराख्न, सम्भव भएसम्म सीसीटीभी जडान गर्न र सुरक्षित ताल्चाको व्यवस्था गर्न प्रहरीले आग्रह गरेको छ। आगलागी रोकथाममा विशेष सतर्कता लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। दियो तथा मैनबत्ती पर्दा, कपडा वा अन्य छिट्टै आगो सल्किने सामग्री नजिक नबाल्न र बालेर त्यत्तिकै नछाड्न प्रहरीले अनुरोध गरेको हो। बालबालिकालाई आगो तथा विस्फोटक पदार्थबाट टाढा राख्न तथा गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ। विद्युत्का उपकरण तथा तारको अवस्था जाँच गर्नसमेत प्रहरीले अनुरोध गरेको छ। सम्भावित आगलागी तथा अन्य विपद् व्यवस्थापनका लागि प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी), सिआरभी तथा विपद् व्यवस्थापनमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए। “प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागी हुन सक्छ। दियो, मैनबत्ती पर्दा, कपडा वा आगो सल्किने ठाउँमा नबालौँ, त्यत्तिकै नछोडौँ। केटाकेटीलाई त्यस्ता चिज नदिऔँ। विशेष निगरानी गरौँ र गुणस्तरहीन विद्युतीय सामग्री पनि प्रयोग नगरौँ,” उनले भने। प्रहरीले तिहार, छठ तथा नेपाल संवतका अवसरमा शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन नागरिकलाई आग्रह गरेको छ। कुनै शंकास्पद गतिविधि, दुर्व्यवहार वा आपराधिक क्रियाकलाप देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज धनतेरस
Latest NewsJust now

आज धनतेरस

दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ । ...

हाम्राकुरा
अन्तिम गाँसमा ढुङ्गा लागेजस्तो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर
Latest NewsJust now

अन्तिम गाँसमा ढुङ्गा लागेजस्तो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर

पोर्चुगल । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य गरेका छन् । तर, उनको बिदाइ अपेक्षा गरिएजस्तो सुखद र उत्सवपूर्ण हुन सकेन । प्रशिक्षकसँगको... ...

रातोपाटी
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
Latest NewsJust now

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ । आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र ...

नेपालन्युज
अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट
Latest NewsJust now

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजना नाम दिइएको छ । उनले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play