Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। मंसिर ११ गते काठमाडौंको सिद्धार्थ कटेज, धोबीघाटमा सम्पन्न अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रञ्जन, सचिवमा उमिता साह र कोषाध्यक्षमा यज्ञप्रसाद गौतम चयन भएका छन्। त्यस्तै सदस्यमा डा. कुमार खत्री, डा. अरुणप्रसाद वैद्य, निता पराजुली कार्की, सुनिता चन्द, डा. विनिता तामाङ र रविन्द्र कठायत चयन भएका छन्। नेपाल मत्स्य समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक तथा प्रसार र अनुसन्धानमा संलग्न सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा मन्त्री चौधरीले कृषकको जीविकोपार्जन र आयआर्जनसँगै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष जोडिएको मत्स्यपालन व्यवसाय सरकारको प्राथमिकतामा रहेको बताइन्। मत्स्यपालन क्षेत्रमा देखिएका चुनौती र समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्यामनारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको समेत उपस्थिति थियो। साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। सोही सत्रबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी
Latest NewsJust now

सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा ...

कृषि ज्ञान
तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान
Latest NewsJust now

तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ का लागि पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । तीन वर्षअघि हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिँदै पदबाट हटाइएका रोहितलाई फ्रेन्चाइजले फेरि नेतृत्वमा फर्काएको हो । खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्ससँग अर्शदीप सिंहसँग साटफेर गर्ने निर्णय गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । रोहितले सन् २०२३ पछि ...

केन्द्रबिन्दु
यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची
Latest NewsJust now

यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची

काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक कार्यक्रमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो । आर्ट ग्यालरीलाई प्रदर्शनीस्थलका रूपमा सजाएर फरक–फरक व्यक्तित्व झल्काउने गरी तयार पारिएका फ्यासिनो हाइब्रिडका […] ...

लोकपथ
सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा
Latest NewsJust now

सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा

रुपन्देही समाचारदातारुपन्देही, मङ्सिर १२ गते । बुटवलस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय दुईजना ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ ।सेवाग्राहीसँग आचरण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement