तिलक वर्माको उत्कृष्ट फिनिसिङमा न्युजिल्यान्डमाथि भारतको जित

काठमाडाैं । न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० खेलमा भारतले ४ विकेटको जित निकालेको छ। क्राइस्टचर्चस्थित हेग्ली ओभलमा न्युजिल्यान्डले दिएको १८१ रनको लक्ष्य भारतले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। भारतले एक बल बाँकी छँदै जित निकालेको हो। भारतका लागि तिलक वर्माले २६ बलमा ५१ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, नमन धीरले १७ बलमा ३१ रन तथा अभिषेक शर्माले २१ बलमा २७ रन जोडे। न्युजिल्यान्डका मिचेल स्यान्टनरले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले ४३ बलमा ७० रन बनाए भने बेभन ज्याकब्सले ४६ बलमा ५८ रन जोडे। फिन एलनले १४ बलमा १६ रन बनाए। भारतका अर्शदीप सिंहले २ विकेट लिए । यस जितसँगै भारतले पाँच खेलको टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ, कात्तिक ७ गते । दसैँको अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्... ...
![उपत्यकामा दशैँ मनाएर फर्किने बढ्दै, प्रमुख नाकाहरूमा सवारी चाप [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/back-to-kathmandu-83-7-7%20(8).jpg)
उपत्यकामा दशैँ मनाएर फर्किने बढ्दै, प्रमुख नाकाहरूमा सवारी चाप [फोटोफिचर]
दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । ...

फिफा अध्यक्ष इन्फान्टिनोले भने– विश्व फुटबलको बहुमतको समर्थन मलाई छ
काठमाडौँ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको ठुलो बहुमतको समर्थन आफूलाई रहेको दाबी गरेका छन् । बीबीसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा इन्फान्टिनोले फिफामा फरक विचार हुनु स्वाभाविक भएको भन्दै सबैको मत र विचारको... ...

बेनी–जोमसोम सडक खुलेसँगै मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
• दशैंदेखि मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै गएको छ, विशेष गरी बेनी-जोमसोम सडकमार्ग खुल्न थालेपछि। • दशैंको १० दिनको अवधिमा पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका छन्, जसमा ७७.८५ प्रतिशत विदेशी पर्यटक रहेका छन्। • धार्मिक र ऐतिहासिक स्थलहरूको आकर्षणले मुस्ताङमा आगामी दशैं-तिहार र छठ पर्वमा पर्यटकको उपस्थिति वृद्धि हुने अपेक्षा गरिएको छ। ...


