Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तार चोरी विवादले निम्त्याएकाे हत्या

तार चोरी विवादले निम्त्याएकाे हत्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
तार चोरी विवादले निम्त्याएकाे हत्या

विराटनगर। पानी तान्ने मोटरको केही मिटर तामाको तार चोरीको आरोप। त्यही आरोपका कारण समाजमा गुमेको प्रतिष्ठाको बदला लिन रचिएको हत्या योजना। अन्ततः चार दशकदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताले आफ्नै छिमेकी व्यवसायीको हातबाट ज्यान गुमाउनुपर्‍यो। कात्तिक ६ गते साँझ विराटनगर महानगरपालिका-६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलमले छिमेकी व्यापारी गुप्तालाई आफ्नै घरमा खाना खान बोलाए। लामो समयदेखिको छिमेकीको निम्तो ठानेर पुगेका गुप्ताका लागि त्यही निम्तो अन्तिम बन्यो। प्रहरी अनुसन्धानअनुसार, मदिरा सेवनका क्रममा विवाद चर्किएपछि आलमले सुरुमा बियरको बोतल र त्यसपछि फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरे। गुप्ताको घटनास्थलमै मृत्यु भयो। त्यसपछि शवलाई कार्पेट र बोरामा बेरेर सिटी सफारीमार्फत सुनसरीको केशलिया खोला किनारमा फालियो। विराटनगर-६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी भएको थियो। घटनाको पाँच दिनपछि सुनसरी र मोरङ प्रहरीको संयुक्त अनुसन्धान टोलीले हत्याको रहस्य पत्ता लगाएको जनाएको छ। प्रहरीले मुख्य अभियुक्त आलमसहित शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा दुई नाबालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। तार चोरी आरोपले बढाएको विवाद प्रहरी अनुसन्धानअनुसार, घटनाको पृष्ठभूमि केही दिनअघिको चोरीको विवादसँग जोडिएको छ। विराटनगर-६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी भएको थियो। उक्त तार आलमले चोरी गरेको भन्दै ब्याट्री व्यवसायी गुप्ताले बजारमा हल्ला फैलाएको प्रहरीको भनाइ छ। व्यापारिक समुदायमा आफूलाई चोर भनेर बेइज्जत गरिएको भन्दै आलम गुप्तासँग असन्तुष्ट थिए। यही प्रतिशोधका कारण उनले योजनाबद्ध रूपमा गुप्ताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले बताए। परिवार बाहिरै रहेकाले उनी विराटनगर-११ अल्कामार्गमा डेरा गरी एक्लै बस्दै आएका थिए। “आफूलाई चोरको आरोप लगाएर बजारमा हल्ला फैलाइदिएको प्रतिशोध साँध्न आलमले योजनाबद्ध रूपमा गुप्ताको हत्या गरेको देखिन्छ,” मल्ल भन्छन्, “हत्या आकस्मिक नभई पूर्वयोजनाअनुसार नै घरमा बोलाएर गरिएको अनुसन्धानबाट खुलेको छ।” भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगर-६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए। परिवार बाहिरै रहेकाले उनी विराटनगर-११ अल्कामार्गमा डेरा गरी एक्लै बस्दै आएका थिए। कात्तिक ६ गते शुक्रबार दिउँसो ३ बजेर ५७ मिनेटमा उनी पसल बन्द गरेर निस्किएका थिए। त्यसपछि आलमले उनलाई साँझ आफ्नो घरमा खाना खान र मदिरा पिउन बोलाएका थिए। हत्याका मुख्य अभियुक्त अफरोज आलमलाई विराटनगरबाट पक्राउ गरी सुनसरी लैजाँदै प्रहरी टोली। मदिरा सेवनपछि चर्किएको विवाद आलमको कोठामा दुवै जनाले मदिरा सेवन गर्न थाले। मदिराको नशा चढ्दै गएपछि उनीहरूबीच फेरि त्यही तार चोरीको पुरानो विवाद बल्झियो। भनाभन चर्किएपछि आलमले टेबलमा रहेको बियरको बोतल उठाएर गुप्ताको टाउकोमा प्रहार गरे। ६९ वर्षीय गुप्ता रन्थनिँदै भुइँमा ढले। शव खोलासम्म पुर्‍याउन आलमले दुई नाबालकको सहयोग लिएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि आलमले घरमै रहेको फलामको रड तथा जीआई पाइपले गुप्ताको टाउको र शरीरमा प्रहार गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। अत्यधिक रक्तस्रावका कारण गुप्ताको घटनास्थलमै मृत्यु भयो। बोरामा बेरेर खोलामा फालियो शव हत्यापछि शव व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा परेका आलमले रातभर शव कोठामै राखे। भोलिपल्ट अर्थात् कात्तिक ७ गते उनले शव लुकाउने योजना बनाए। रगतले लतपतिएको शवलाई सुरुमा कार्पेटमा बेरेर त्यसपछि जुटको बोराभित्र राखिएको प्रहरीको भनाइ छ। शव खोलासम्म पुर्‍याउन आलमले दुई नाबालकको सहयोग लिएको अनुसन्धानबाट खुलेको छ। उनीहरूमध्ये एक जना १६ वर्षीय नेपाली र अर्का १३ वर्षीय भारतीय नाबालक रहेको प्रहरीले जनाएको छ। व्यापारी लालजीप्रसाद गुप्ताको शव फेला परेको स्थान। दुवै नाबालकको सहयोगमा शव सिटी सफारीमा राखेर विराटनगरबाट करिब तीन किलोमिटर पश्चिम सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केशलिया खोला किनारमा लगेर फालिएको थियो। शव बोक्न प्रयोग गरिएको सिटी सफारी भाडामा लिइएको प्रहरीले जनाएको छ। उक्त सिटी सफारीको खोजी भइरहेको छ। पाँच दिनपछि खुल्यो हत्याको रहस्य हत्याको दुई दिनपछि, कात्तिक ८ गते आइतबार बिहान करिब १० बजे केशलिया खोला किनारमा स्थानीयवासीले शंकास्पद बोरा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरीका प्रहरी प्रमुख एसपी मल्लको नेतृत्वमा अपराधस्थल अनुसन्धान टोली र तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। बोरा खोलेर हेर्दा गुप्ताको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। लालजीप्रसाद गुप्ताको हत्या घटनाबारे जानकारी दिँदै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको प्रहरी टोली। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त अनुसन्धान टोली परिचालन गरियो। प्राविधिक अनुसन्धान, कल डिटेल रेकर्ड (सीडीआर) र गुप्तचर सूचनाका आधारमा प्रहरीले कात्तिक १० गते साँझ ६ बजे मुख्य अभियुक्त आलमलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग गरिएको एक थान जीआई पाइप, मृतक गुप्ताको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ। एसपी मल्लका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
ताजा खबरJust now

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको... ...

रातोपाटी
सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ५१ रनको योगदान दिए। त्यस्तै, इशान पाण्डेले ३७ र ब्रान्डन म्याकुलमले २२ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको ...

नेपालन्युज
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
ताजा खबरJust now

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच द्विपक्षीय सम्बन्ध र शिक्षा क्षेत्रमा सहकार्यको बारेमा छलफल भएको छ। • मन्त्री पोखरेलले प्राविधिक शिक्षा र व्यावसायिक तालिमसम्बन्धी नयाँ ऐनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। • राजदूत मेउलीले भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति संवेदना व्यक्त गर्दै नेपाल र स्विट्जरल्याण्डबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरेका छन्। ...

नेपालबहस
आर्या फार्मास्युटिकल्स र NPL बीच तीन वर्षका लागि सहकार्य
ताजा खबरJust now

आर्या फार्मास्युटिकल्स र NPL बीच तीन वर्षका लागि सहकार्य

काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play