तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौं। सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खुला गरिएको हो। यो अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। दशैं र तिहारजस्ता चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बेला नाका बन्द हुँदा व्यापार प्रभावित भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले नाका तत्काल र नियमित रूपमा सञ्चालन गर्न माग गरेको छ। संघका महासचिव रामचन्द्र पराजुलीले नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। पराजुलीले भने, ‘तीन दिनमात्र होइन, नियमित सञ्चालनका लागि माग राखेका छौँ।’ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर दुवैतर्फ रोकिएका छन्। यसले व्यापारीलाई आर्थिक क्षति पुर्याउनुका साथै नेपाली बजारमा वस्तुको अभाव हुने जोखिम बढेको छ। संघका अनुसार सीमामा रोकिएका सामानमध्ये नाशवान् वस्तु र कृषि उत्पादनसमेत रहेकाले ती बिग्रने डर छ। पराजुलीका अनुसार सडक निकाय र स्थानीय सरोकारवालाले अवरोध हटाएर सुरक्षित आवागमन पुनःस्थापना गरिसकेका छन्। भन्सार जाँचपास र सवारीसाधन आवतजावतका लागि सडक सञ्चालनयोग्य रहेको उनको भनाइ छ। चिनियाँ पक्षले भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीपछि भदौ १५ देखि नाका पूर्ण रूपमा बन्द गरेको थियो। तीन दिनको खुलावटले मात्र आपूर्ति व्यवस्थापनको चुनौती समाधान नहुने व्यवसायीको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
उपत्यकामा चचहुई...चचहुई [तस्बिरहरू]
पिङले चाडपर्वको मौलिकता र सामूहिक उत्सवको भावनालाई जीवन्त बनाइरहेका छन् । ...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
काठमाडौं।नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेटको संस्थागत विकासमा यसबाट योगदान ...

पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति
जानु पाण्डेकपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्... ...
कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?
काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै नेपाली कलाकारहरु पनि आ–आफ्नै शैलीमा चाडपर्व मनाउने तयारीमा जुटेका छन्। कोही जन्मघर फर्किएर परिवारसँग टीका र आशीर्वाद थाप्ने योजनामा छन् भने कोही व्यस्त कार्यतालिकाका कारण आफ्नै टिमसँग दसैँ मनाउँदै छन्। देशमा देखिएका विपद् र विभिन्न परिवारको दुःखलाई मध्यनजर गर्दै केही कलाकारले भने यस वर्षको दसैँ सामान्य रुपमा मनाउने वा नमनाउने सोच ...


