Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Business/तातोपानी नाका तीन दिनका लागि खुल्ने

तातोपानी नाका तीन दिनका लागि खुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तातोपानी नाका तीन दिनका लागि खुल्ने

काठमाडौं, असाेज ३१ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।दशैँ, तिहारमा नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपाल सरकारले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल तथा समन्वय गरेपछि नाका तीन दिनका लागि सञ्चालनमा ल्याउने सहमति जुटेको हो। निर्धारित कार्यक्रमअनुसार तातोपानी नाका अक्टोबर १८ देखि २० सम्म सञ्चालनमा रहनेछ। उक्त अवधिमा चिनियाँ भूमिमा रोकिएका तथा भन्सार प्रक्रिया पूरा भएका कार्गो ट्रक र मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइने जनाइएको छ। चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यापारीहरू प्रभावित भएका थिए। त्यसैगरी, चाडपर्वका समयमा बजारमा उपभोग्य वस्तुको अभाव हुन सक्ने जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नाका अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। नाका सञ्चालनमा आएसँगै दशैँ, तिहारलाई लक्षित गरी आयात गरिएका कपडा, फलफूल तथा अन्य उपभोग्य सामग्री नेपाली बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट नाकामा रोकिएका मालवाहक सवारीसाधनको आवागमन व्यवस्थापन हुनुका साथै व्यापारी तथा उपभोक्तालाई समेत राहत पुग्ने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोमा
अर्थतन्त्रJust now

पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोमा

काठमाडौँ / पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएर व्यूरोको कार्यालय भोटाहिटी लगेको छ । नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका अनुसार ...

अर्थडबली
विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०
अर्थतन्त्रJust now

विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा एनटर्क १५० सार्वजनिक गरेको हो। संगीत र मनोरञ्जनको उत्साहपूर्ण माहोलमा आयोजित कार्यक्रममा टीभीएसका पारखी, सञ्च… ...

आर्थिक न्यूज
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
अर्थतन्त्रJust now

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत ...

अर्थडबली
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए
अर्थतन्त्रJust now

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए ।  आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play