Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने

ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने

ताइवानको ताओयुआनमा माइक्रोन टेक्नोलोजीका कर्मचारीको प्रतिनिधित्व गर्ने युनियनले बिहीबार हडताल गर्ने जनाएको छ। अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन र ताइचुङमा कार्यरत कर्मचारीको प्रतिनिधित्व गर्ने अर्को युनियनबीच वार्ता हुन लागेकै दिन हडताल गर्न लागिएको हो। यसले कर्मचारीको बोनससम्बन्धी विवाद थप चर्काएको छ। यो हडतालले माइक्रोनको सबैभन्दा महत्त्वपूर्ण उत्पादन केन्द्रमध्ये एकमा श्रम विवादलाई थप गम्भीर बनाएको छ। कम्पनीले यही केन्द्रमा कृत्रिम बुद्धिमतासम्बन्धी सर्भरमा प्रयोग हुने डीआरएएम र उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) चिप उत्पादन गर्छ। रोयटर्सका अनुसार ताओयुआन युनियनले ताइचुङ युनियनप्रति ऐक्यबद्धता जनाउन र नाफा बाँडफाँटसम्बन्धी ठोस प्रस्ताव ल्याउन माइक्रोनमाथि दबाब बढाउन हडताल गर्न लागेको बताएको छ। माइक्रोनले ताइवानमा करिब १५ हजार कर्मचारीलाई रोजगारी दिएको छ। कम्पनीको ताओयुआन र ताइचुङस्थित उत्पादन केन्द्रमा कार्यरत कर्मचारीका लागि छुट्टाछुट्टै युनियन छन्। कम्पनीले ताइवानमा १.६ ट्रिलियन ताइवानी डलर (४९ अर्ब अमेरिकी डलर) भन्दा बढी लगानी गरेको जनाएको छ। माइक्रोन र ताओयुआन युनियनबीच गत सेप्टेम्बरमा भएको मध्यस्थता वार्ता सहमतिबिना टुङ्गिएको थियो। युनियनले अक्टोबरको सुरुमै आफ्ना सदस्यबाट हडताल गर्ने अनुमति प्राप्त गरेको थियो। ताइवानमा माइक्रोनको सबैभन्दा ठूलो उत्पादन केन्द्रमा कार्यरत कर्मचारीको प्रतिनिधित्व गर्ने ताइचुङ युनियन भने कम्पनीसँग वार्तामै छ। उक्त युनियनले हडताल गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म मतदान गराएको छैन। ताओयुआन युनियनले ऐक्यबद्धतास्वरूप गरिने हडताल कति समयसम्म चल्ने भन्ने खुलाएको छैन। उसले बिहीबार थप विवरण सार्वजनिक गर्ने जनाएको छ। ताओयुआन युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ, “हामी आफ्ना गतिविधिमार्फत हालको प्रणालीप्रतिको असन्तुष्टि व्यक्त गर्नेछौँ र उचित नाफा बाँडफाँट प्रणाली स्थापना गर्ने आफ्नो प्रतिबद्धता देखाउनेछौँ।” ताइवानका राष्ट्रपति लाइ चिङ-तेले गत साता माइक्रोन र यसका कर्मचारीलाई ‘इमानदारीपूर्वक’ वार्ता गर्न आग्रह गरेका थिए। The post ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
प्रविधिJust now

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ ...

टेक्नोलोजी खबर
एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने
प्रविधिJust now

एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको ...

आइसिटी समाचार
आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित
प्रविधिJust now

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित

५ कात्तिक, काठमाडौं। नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर आएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो महत्त्वपूर्ण प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमै सञ्चालन हुनेछ। हालै सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको थियो। […] The post आइसिसी ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play