तलेजु भवानी मन्दिरमा भक्तजनले मङ्गलबार बिहान ५ बजेदेखि दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ । The post तलेजु भवानी मन्दिरमा भक्तजनले मङ्गलबार बिहान ५ बजेदेखि दर्शन गर्न पाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दाङका थारूहरुले लगाए गउँल्या टीका
सन्तोष दहितदाङ, कात्तिक २ गते । थारू समुदायले आज आफ्नो मौलिक परम्पराअनुसार दसैँको गउँल्या टीका (सेतो टीका) लगाएका छन् । अष्टमीका दिन ढिक्री पूजा गरेपछि भोलिपल्ट पितृलाई सम्झने, भुइ... ...

कान्तिपुर एक्सप्लेनर : बलिउड स्टारमाथि किन हुन्छ आक्रमण ?
अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनापछि बलिउड कलाकारको सुरक्षा फेरि चर्चामा आएको छ । विगतमा बलिउडकर्मीमाथि कस्ता आक्रमण भएका छन् र भारतमा जोखिममा रहेका सेलिब्रिटीलाई कसरी सुरक्षा दिइन्छ ? ...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए
सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका ...

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ। कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिक... ...


