Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

Share:WhatsAppFacebookX (Twitter)Telegram
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
Photo / Coverage: नेपालन्युज

बागलुङ। बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ। उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन्। त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन्। फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ। सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूलखेतीमा लागिन्। तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्। नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारीखेती छाडेर फूलखेती सुरु गरेकी हुन्। भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन्। “लामो समयदेखि तरकारीखेती गर्दै आएकी थिएँ। तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ। तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ। बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ।” उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ। प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ। बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ। उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन्। हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छिन्। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ। तरकारी खेतीबाट फूलखेतीमा लाग्नुभएकी थापाका लागि फूलखेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए
Latest NewsJust now

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

स्टकहोम । युरोपेली सुपरमार्केटहरूमा लक्षित गरेर सोमबार बिहान भएको एक नयाँ साइबर आक्रमणले स्विडेन, लक्जम्वर्ग,आयरल्यान्ड, बेल्जियमलगायत देशका पसलहरूलाई प्रभावित बनाएको छ । ह्याकरहरूले पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम अत्यधिक बढाएर लाखौँ रुपैयाँ बराबरको खाना नष्ट गर्न बाध्य पारेका छन् । स्टकहोमको एक स्टोरकी सेल्स म्यानेजर इन्ग्ला इन्ग्वालले भनिन्, ‘सबै कुरा नष्ट भयो । सोमबार बिहान २ बजेतिर भएको यो आक्रमणबाट ...

केन्द्रबिन्दु
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन
Latest NewsJust now

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न कूटनीतिक तथा व्यावसायिक कडाइका साथ निर्देशन दिएका छन्। ...

हाम्राकुरा
आज देशका यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज देशका यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी ...

कर्पोरट खबर
विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू
Latest NewsJust now

विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

काठमाडौँ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् । चलचित्रमा समावेश केही दृश्यहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play