Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए
Photo / Coverage: केन्द्रबिन्दु

स्टकहोम । युरोपेली सुपरमार्केटहरूमा लक्षित गरेर सोमबार बिहान भएको एक नयाँ साइबर आक्रमणले स्विडेन, लक्जम्वर्ग,आयरल्यान्ड, बेल्जियमलगायत देशका पसलहरूलाई प्रभावित बनाएको छ । ह्याकरहरूले पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम अत्यधिक बढाएर लाखौँ रुपैयाँ बराबरको खाना नष्ट गर्न बाध्य पारेका छन् । स्टकहोमको एक स्टोरकी सेल्स म्यानेजर इन्ग्ला इन्ग्वालले भनिन्, ‘सबै कुरा नष्ट भयो । सोमबार बिहान २ बजेतिर भएको यो आक्रमणबाट हाम्रा फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो ।’ यसले गर्दा स्टोरहरूले कुहिएका तथा बिग्रिएका खाद्यान्नहरू फ्याँक्नु परेको छ । गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो । यसपटकको घटनामा बेल्जियम र लक्जेम्बर्ग, स्विडेनका ठूला ग्रोसरी चेनहरू प्रभावित भएका छन् । यस आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । रुस–युक्रेन युद्धपछिको सुरक्षा तनाव र हाइब्रिड खतराका कारण युरोपेली अधिकारीहरू चिन्तित बनेका छन् । बेल्जियमको साइबर सुरक्षा केन्द्रकी कात्रिएन एगर्सले एआईको प्रयोगमार्फत जुनसुकै आईटी प्रणाली पनि जोखिममा पर्न सक्ने चेतावनी दिएकी छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता टम हेगेलले खुद्रा व्यापार क्षेत्रलाई यस्तो आक्रमणको जोखिममा रहेको बताए । किनकि, रिफ्रिजरेसन कन्ट्रोलर र अन्य डिजिटल प्रणालीहरूको विशाल नेटवर्क यस्तो व्यापार क्षेत्रमा हुन्छ । युरोपेली संघका कृषि आयुक्त क्रिस्टोफ हानसेनले यसलाई खाद्य आपूर्ति शृखंला ध्वस्त पार्ने गम्भीर प्रयास भन्दै कडा चेतावनी दिएका छन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन
Latest NewsJust now

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न कूटनीतिक तथा व्यावसायिक कडाइका साथ निर्देशन दिएका छन्। ...

हाम्राकुरा
आज देशका यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज देशका यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी ...

कर्पोरट खबर
विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू
Latest NewsJust now

विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

काठमाडौँ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् । चलचित्रमा समावेश केही दृश्यहरूलाई... ...

रातोपाटी
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
Latest NewsJust now

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ। बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ। उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन्। त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन्। फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ। सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूलखेतीमा लागिन्। तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्। नजिकै रहेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play