Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट । गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिँदै आएका थिए। नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सकिएकाले सञ्चालन गरिएको हो। दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायतका केही प्राविधिक काम भने क्रमशः पूरा गरिनेछ। पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडाका साथै किस्पाङ, म्यागङ गाउँपालिका, रसुवा र धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ। साथै, त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरण र स्थानीय विद्यालय पुग्न सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काममा तीव्रता आउने अपेक्षा गरिएको छ। ३ करोड १८ लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )
ताजा खबरJust now

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )

• बडादशैंको तयारीसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा र कुखुराको व्यापार सुरु भएको छ। • व्यापारीहरूले चाडपर्वको लागि आवश्यक पशुपन्छीको बिक्री सडक किनारमा व्यवस्थित रूपमा गर्दैछन्। • दशैंको समयमा खसीबोका र च्याङ्ग्राको माग बढ्ने भएकाले उपभोक्ताहरूले मूल्य र गुणस्तरको तुलना गर्दै खरिद गर्न थालेका छन्। ...

नेपालबहस
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन
ताजा खबरJust now

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन

• नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को नियमित क्षेत्रीय अधिवेशन सम्पन्न, विश्वास बोगटी क्षेत्रीय सभापति चयन। • विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ, जसमा पुरुष, महिला, समावेशी र युवा प्रतिनिधिहरू समावेश छन्। • अधिवेशनसँगै विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। ...

नेपालबहस
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
ताजा खबरJust now

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play