ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ। उहाँले निर्माणको टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिनुभएको हो। आइतबार धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको बताउनुभयो। उहाँका अनुसार आयोजना बहुवर्षीय योजनाका रूपमा अघि बढिरहेको छ। “टेन्डर प्रक्रिया पूरा भइसकेको छ। स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा पुगिसकेको छ। आयोजना बहुवर्षीय भइसकेकाले निर्माण सम्पन्न गर्ने दिशामा अघि बढिरहेको छ। शिलान्यासको ठ्याक्कै मिति अहिले भन्न गाह्रो छ, तर छिट्टै हुन्छ। ट्रमा सेन्टर यहीँ बन्छ,” उहाँले भन्नुभयो। सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने र उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो। ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ। स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन्। सेन्टर निर्माण भएपछि धनुषासहित मधेस प्रदेशका विभिन्न क्षेत्रका सडक दुर्घटनामा गम्भीर घाइते भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका पण्डितले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनासमक्ष शपथ लिनुभएको हो । शपथसँगै उहाँले नियुक्तिपत्रसमेत बुझ्नुभएको छ । शपथपछि चाबहिलको सरस्वतीनगरस्थित बोर्ड कार्यालय पुगेका पण्डितले पदभार ग्रहण गर्नुभएको छ । उहाँ बोर्डका १९औं अध्यक्ष ...

डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार
काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो । डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा ...

एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै लुम्बिनीले एनपिएलको ...

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...


