Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १५। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचनाअनुसार केही दिनदेखि लगातार भइरहेको भारी हिमपातका कारण पर्यटकहरू उक्त क्षेत्रमा फसेका थिए। उनीहरू फसेको जानकारी प्रशासनले हिजो प्राप्त गरेको थियो। त्यसपछि आज हेलिकप्टरमार्फत उद्धार कार्य सुरु गरिएको हो। उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू मौमिता हाल्डर (Moumita Halder), पियाली कोली (Piyali Koley), जजला त्रिवेद कुमार (Jajala Trived Kumar), आदित्य सिंघा (Aditya Singha), डिप्लिना बिस्वास (Diplina Biswas) र राजेश डे (Rajesh De) हुन्। उनीहरू शे–फोक्सुण्डो ताल भ्रमणका लागि डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू बीच बाटोमै फसेका थिए। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जनाइएको छ। मौसम प्रतिकूल रहेकाले थप जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दा, पर्यटक तथा सम्बन्धित सबैलाई सजग र सतर्क रहन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
PoliticsJust now

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्। थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको […] ...

काठमाण्डुपाटी
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै
PoliticsJust now

एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली ...

फरकधार
आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन
PoliticsJust now

आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय र पार्टीलाई बेवास्ता र नीति-सिद्धान्तलाई नस्वीकार्ने प्रवृत्तिले उनलाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै
PoliticsJust now

बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

काठमाण्डु– भारतका विदेश सचिव विक्रम मिश्री कात्तिक १८ गते (नोभेम्बर ४) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play