डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा संगठित सञ्जाल खडा गरी गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। पक्राउ पर्नेमा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रूपमा कार्यरत तत्कालीन महाप्रबन्धक सञ्जीव झा रहेका छन्। त्यसैगरी, तत्कालीन चिस्यान केन्द्रका इन्चार्जहरू विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय र कर्मचारीहरू जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय तथा विखबहादुर भण्डारी पक्राउ परेका हुन्। सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘आपराधिक विश्वासघात’ र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार मुद्दा अघि बढाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते
विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो। ...

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै
काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...


