डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

काठमाडौं।संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप एक करोड रुपैंयाँको चेक समेत हस्तान्तरण गरे। आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन्। सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु
काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै दस जना घाइते... ...

सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !
काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा सहयात्री दल एमाले र नेकपा भने पुरानै नेतृत्वलाई अघि सारेर... ...

लागुऔषध बेच्ने युवती पक्राउ
जानु पाण्डेकपिलवस्तु, कात्तिक ९ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा ब्राउन सुगरसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोराको... ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले ...


