Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
Photo / Coverage: नेपालन्युज

ढाका।बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन्। प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो। हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन्। बङ्गलादेशले पटक पटक सुपुर्दगी मागे पनि भारतले उनलाई हस्तान्तरण गरेको छैन। एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताएकी छन्। स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ। हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो। गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका थिए। उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौं पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन्। उनले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबी गरेकी छन्। सरकारले भने पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ। विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनु पर्ने अवस्था नरहेको बताउँदै हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्नुरेकी छन्। अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसंख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन्। युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो। वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ। –रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस्’
Latest NewsJust now

‘विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस्’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताए । पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री लम्सालले पूर्वाधार सम्मेलन अघि नेपालमा विकासको बाधकका रुपमा चित्रित गरिँदै आएको कानुनी समस्याको उल्झनलाई […] ...

लोकपथ
विराटनगरको खराब ब्याटिङ, ५० रन नपुग्दै गुमायो ६ विकेट
Latest NewsJust now

विराटनगरको खराब ब्याटिङ, ५० रन नपुग्दै गुमायो ६ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भइरहेको दोस्रो खेलमा विराटनगर किङ्ग्सले ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको विराटनगरले आठौँ ओभर चलिरहँदा... ...

रातोपाटी
ट्राफिक लाइटबारे सचेतना कार्यक्रम
Latest NewsJust now

ट्राफिक लाइटबारे सचेतना कार्यक्रम

शालिग्राम नेपाल चितवन, कात्तिक १९ गते । भरतपुर महानगरपालिकाका विभिन्न ६ स्थानमा ट्राफिक लाइट जडान गरी परीक्षण भइरहेको समयमा सडक प्रयोगकर्तालाई यसको प्रयोग र ट्राफिक नियमबारे जानकार... ...

गोरखापत्र
काठमाडौंविरुद्ध विराटनगरकाे ३० रनमै ६ विकेट पतन
Latest NewsJust now

काठमाडौंविरुद्ध विराटनगरकाे ३० रनमै ६ विकेट पतन

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सको ब्याटिङ धराशायी बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरले ८.३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ३० रन मात्रै जोडेको छ । काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । विराटनगरका लागि शेखान जयसूर्या ८ बलमा ५ रन, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play