Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटकजस्ता सामाजिक सञ्जाल नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण माध्यम बनेको बताए। उनले सामाजिक सञ्जालको लाभ आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए। टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको साधनका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा थियो। मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जालले विपद्का सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय आमनागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको जिम्मेवार र सुरक्षित प्रयोगमा जोड दिए। उनले डिजिटल साक्षरता विस्तार, प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता तथा अधिकारको संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा टिकटकलगायतका सामाजिक सञ्जालसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे। भेटमा टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्याउन टिकटक प्रतिबद्ध रहेको बताए। उनले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।-रासस The post डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एम.ए.डब्लु. अर्थमुभर्सद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० मेसिन हस्तान्तरण
TechnologyJust now

एम.ए.डब्लु. अर्थमुभर्सद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० मेसिन हस्तान्तरण

२० कात्तिक, काठमाडौं। नेपालमा JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित “Partner in Progress” कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका […] The post एम.ए.डब्लु. अर्थमुभर्सद्वारा ...

आइसिटी फ्रेम
प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध
TechnologyJust now

प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध

प्राविधिक मर्मतसम्भारका कारण नेपाल प्रहरीका वेबसाइट तथा विभिन्न अनलाइन सेवामा अवरोध आएको छ। नेपाल प्रहरीले आज एक सूचना सार्वजनिक गर्दै संस्थाको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध भइरहेको जनाएको हो। प्रहरीले प्राविधिक मर्मतसम्भारका कारण ती सेवाहरू प्रभावित भएको जनाएको छ। मर्मतसम्भारका क्रममा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति प्रहरीले क्षमायाचना गरेको ...

टेक्नोलोजी खबर
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकिटिङ पार्टनरमा खल्ती
TechnologyJust now

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकिटिङ पार्टनरमा खल्ती

२० कात्तिक, काठमाडौं। खल्ती बाइ आइएमी पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकिटिङ पार्टनरका रूपमा आबद्ध भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रा.ली को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्। दक्षिण एसियाली […] The post अतिफ अस्लमको ...

आइसिटी फ्रेम
एआई र उच्च प्रविधिबाट नेपालमै रोजगारीका नयाँ अवसर सिर्जना गर्न विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिबाट नेपालमै रोजगारीका नयाँ अवसर सिर्जना गर्न विज्ञहरूको जोड

काठमाडौं । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play