Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तीन राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नव नियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नव नियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन्। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नव नियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिलासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागुपदार्थ सेवन गरेर गाडी चलाउने ११ जना चालकलाई कारवाही
Latest NewsJust now

लागुपदार्थ सेवन गरेर गाडी चलाउने ११ जना चालकलाई कारवाही

सिराज खान नेपालगन्ज, कात्तिक २० गते । तिहार र छठ जस्ता ठुला चाडपर्व शुरु भइसकेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनको चेकजाँच तथा ट्... ...

गोरखापत्र
न्यायपालिकामा सुधार र फैसला कार्यान्वयनका लागि टिमवर्क र प्रविधि अपरिहार्यः प्रस्तावित न्यायाधीश बागचन्द
Latest NewsJust now

न्यायपालिकामा सुधार र फैसला कार्यान्वयनका लागि टिमवर्क र प्रविधि अपरिहार्यः प्रस्तावित न्यायाधीश बागचन्द

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्दले न्यायपालिकाको कार्यक्षमता अभिवृद्धि गर्न सामूहिक प्रयास, प्रविधिको प्रयोग र फैसला कार्यान्वयनको प्रभावकारी मोडेल आवश्यक रहेको बताएका छन्। शुक्रबार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले न्यायालयप्रति जनताको भरोसा जगाउन र मुद्दाको चाप घटाउन संरचनागत सुधारमा जोड दिएक... ...

नेपालखबर
लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु
Latest NewsJust now

लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु

लीलाराज खड्का झापा, कात्तिक २० गते । पूर्वपश्चिम राजमार्गको झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा लहरी ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार दिउसो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play