Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो। डिजिटल शासन प्रणालीको सफल अभ्यास गर्ने अग्रणी मुलुकमध्ये इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ। सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने सञ्चारमन्त्री डा. तिमिल्सिनाले उल्लेख गरे। उनले नेपाल र इस्टोनियाबीच डिजिटल सार्वजनिक पूर्वाधार, सरकारी सेवा प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान, साइबरसुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए। इस्टोनियाको प्राविधिक ज्ञान, अनुभव र सफल अभ्यासको आदानप्रदानबाट नेपालको सार्वजनिक सेवा प्रवाहलाई थप डिजिटल, एकीकृत तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल विभाजनको चुनौती थप जटिल बन्दै गएको विषय उठाए। परम्परागत रूपमा डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, उन्नत डिजिटल पूर्वाधार तथा नयाँ प्रविधिको पहुँच र प्रयोग गर्ने क्षमताका आधारमा समेत देशहरूबीच नयाँ प्रकारको डिजिटल असमानता सिर्जना हुन सक्ने उनले बताए। विकसित मुलुकहरूले डिजिटल प्रविधिमा हासिल गरेको ज्ञान, अनुभव तथा स्रोतबाट विकासोन्मुख र अल्पविकसित मुलुकहरूले पनि लाभ लिन सक्नुपर्नेमा जोड दिँदै उनले इस्टोनियाजस्ता डिजिटल क्षेत्रमा अग्रणी मुलुकहरूले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्न अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। प्रविधिको विकासबाट सिर्जना हुने अवसर विश्वका सबै देश र नागरिकले समान रूपमा उपयोग गर्न पाउने वातावरण निर्माण गर्नु अन्तर्राष्ट्रिय सहकार्यको साझा दायित्व भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए। सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरे। इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने उल्लेख गर्दै उनले दुवै देशबीच आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताए। नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, सरकारी प्रक्रियामा पारदर्शिता, प्रशासनिक लागत तथा समयको बचत र नागरिकको सेवामा पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, डिजिटल पूर्वाधार तथा प्रविधिमा पहुँच विस्तार गर्दै ग्रामीण क्षेत्र, दुर्गम समुदाय र प्रविधिमा कम पहुँच भएका नागरिकलाई डिजिटल सेवाको मूलप्रवाहमा समेट्ने नेपालको प्रयासमा इस्टोनियाको अनुभव उपयोगी हुने विश्वास गरिएको छ। डिजिटल शासन प्रणालीलाई प्रविधिको प्रयोगमा मात्र सीमित नराखी सुशासन, नागरिकको विश्वास, तथ्याङ्क सुरक्षा तथा समावेशी विकाससँग जोडेर अघि बढाउनुपर्ने विषयमा समेत दुवै देशबीच सहकार्यको सम्भावना रहेको छ। भेटवार्ताले नेपाल र इस्टोनियाबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई डिजिटल रूपान्तरण र प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा विस्तार गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। The post डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमन्त्रीले विश्व दूरसञ्चार मञ्चमा उठाए नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा
TechnologyJust now

सञ्चारमन्त्रीले विश्व दूरसञ्चार मञ्चमा उठाए नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई)लगायतका उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। कतारको दोहामा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्दै उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी
TechnologyJust now

एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ। वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष ...

टेक्नोलोजी खबर
डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल
TechnologyJust now

डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर ...

आइसिटी समाचार
ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो
TechnologyJust now

ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो

विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स उत्पादक ताइवानको फक्सकनले बिहीबार तेस्रो त्रैमासिकमा आफ्नो नाफा ३४ प्रतिशतले बढेको जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरणको माग निरन्तर बलियो रहेकाले कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा बढी भएको हो। कम्पनीले यही मागका कारण यस वर्ष र अर्को वर्ष पनि आफ्नो व्यवसायमा वृद्धि हुने अनुमान गरेको छ। एनभिडियाका लागि सबैभन्दा ठूलो सर्भर निर्माता र एप्पलका लागि मुख्य ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play