Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स उत्पादक ताइवानको फक्सकनले बिहीबार तेस्रो त्रैमासिकमा आफ्नो नाफा ३४ प्रतिशतले बढेको जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरणको माग निरन्तर बलियो रहेकाले कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा बढी भएको हो। कम्पनीले यही मागका कारण यस वर्ष र अर्को वर्ष पनि आफ्नो व्यवसायमा वृद्धि हुने अनुमान गरेको छ। एनभिडियाका लागि सबैभन्दा ठूलो सर्भर निर्माता र एप्पलका लागि मुख्य आईफोन एसेम्बल गर्ने कम्पनी फक्सकनको जुलाईदेखि सेप्टेम्बरसम्मको खुद नाफा ७७ अर्ब ५० करोड ताइवानी डलर (२ अर्ब ३५ करोड अमेरिकी डलर) पुगेको छ। यो एलएसईजीले गरेको ६९ अर्ब ६० करोड ताइवानी डलरको औसत अनुमानभन्दा बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५७ अर्ब ७० करोड ताइवानी डलर थियो। आम्दानीसम्बन्धी विवरण सार्वजनिक गर्दै फक्सकनले यस वर्ष आम्दानीमा ‘बलियो वृद्धि’ हुने आफ्नो अघिल्लो अनुमानलाई यथावत् राखेको छ। कम्पनीले यस वर्षभरि र आगामी वर्षसम्म पनि एआईसम्बन्धी उपकरणको माग बलियो रहने जनाएको छ। कम्पनीले आम्दानीको निश्चित संख्यात्मक अनुमान सार्वजनिक गर्दैन। तर, सन् २०२७ मा एआई र्‍याकको आपूर्तिमा उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान गरेको छ। औपचारिक रूपमा होन हाई प्रेसिजन इन्डस्ट्री नामले चिनिने फक्सकनले अक्टोबरमा तेस्रो त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढेको जनाएको थियो। रोयटर्सका अनुसार एप्पलका लागि फक्सकनले बनाउने अधिकांश आईफोन चीनमा एसेम्बल गरिन्छन्। तर, अहिले अमेरिकामा बिक्री हुने अधिकांश आईफोन भारतमा उत्पादन गर्न थालिएको छ। कम्पनीले एनभिडियाका लागि एआई सर्भर उत्पादन गर्न मेक्सिको र अमेरिकाको टेक्सासमा पनि कारखाना निर्माण गरिरहेको छ। फक्सकनले विद्युतीय सवारीसाधनको क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्ने प्रयास गरिरहेको छ। कम्पनीले बिहीबारपछि ताइपेईमा आम्दानीसम्बन्धी छलफल कार्यक्रम आयोजना गर्नेछ। यस वर्ष अहिलेसम्म कम्पनीको सेयर मूल्य ४ प्रतिशतले बढेको छ। तर, ताइवानको समग्र सेयर बजार सूचकांक भने ४९ प्रतिशतले बढेकाले फक्सकनको सेयरको वृद्धि बजारको तुलनामा कमजोर देखिएको छ। आम्दानीको विवरण सार्वजनिक हुनुअघि बिहीबार फक्सकनको सेयर मूल्य ०.८ प्रतिशतले घटेर बन्द भएको थियो। ताइवानको मुख्य सेयर बजार सूचकांक पनि २.६ प्रतिशतले घटेर बन्द भयो। The post ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण
TechnologyJust now

क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण

अल्फाबेटको स्वामित्वमा रहेको गुगलले सोमबार आफ्नै टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) का दुई नयाँ संस्करण सार्वजनिक गरेको छ। तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने प्रयासस्वरूप गुगलले यस्तो कदम चालेको हो। प्रारम्भिक कारोबारमा अल्फाबेटको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो। अल्फाबेटका अनुसार, सन् २०२६ को सेप्टेम्बर त्रैमासिकको वित्तीय नतिजामा टीपीयू बिक्रीले उल्लेखनीय योगदान गरेको थियो। यस ...

टेक्नोलोजी खबर
सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने
TechnologyJust now

सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने

सामसङ इन्डियाले भारतको सूक्ष्म, साना तथा मझौला उद्यम मन्त्रालय (एमएसएमई) सँग इलेक्ट्रोनिक्स उपकरणहरूको मर्मतसम्भार र सर्भिसिङसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्न ३ वर्षे सम्झौता गरेको छ। यस कार्यक्रमअन्तर्गत पहिलो वर्ष १,६०० जनालाई तालिम दिइनेछ। उक्त तालिम देशभर रहेका १५ ओटा ‘एमएसएमई टेक्नोलोजी सेन्टर’ मार्फत प्रदान गरिनेछ। यो व्यावसायिक तालिम पहल सामसङको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम ‘दोस्त सर्भिस’ को विस्तार हो, जुन सन् २०१४ ...

टेक्नोलोजी खबर
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
TechnologyJust now

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा ...

टेक्नोलोजी खबर
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
TechnologyJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ । सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play