ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। उनका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन्। त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ। कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्नुको मुख्य उद्देश्य जरिवाना असुल गर्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु तथा नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गर्नु रहेको बताए। विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक सङ्केतको बेवास्ता गर्ने तथा जथाभावी सवारी चलाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र जाँचलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक, चोक, चौराहा तथा सवारीसाधनको बढी चाप हुने क्षेत्रमा नियमित जाँच गर्नुका साथै सिसीटिभी क्यामेरामार्फत पनि सवारी नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ। सडकमा सवारीचालकको लापरवाहीका कारण चालक स्वयं, यात्रु तथा पैदलयात्रुसमेत जोखिममा पर्ने भएकाले सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम राख्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात प्रणालीको विकास गर्न नियमित निगरानी, जाँच र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, ट्राफिक प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक सङ्केतको पालना गर्न तथा पैदलयात्रुको सुरक्षामा विशेष ध्यान दिन सम्पूर्ण सवारीचालकलाई आग्रह गरेको छ।–रासस The post ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु
इनड्राइभले ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले यो क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर ...

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
११ कात्तिक, काठमाडौं। कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’ मार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र […] The post कृषि विकास ...

एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
११ कात्तिक, काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् । उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम […] The post एनपीएल क्रिकेट ...

वर्षकै सबैभन्दा ठूलो सेल दराज ११.११ नोभेम्बर १ रातिदेखि, ८० प्रतिशतसम्म छुट पाइने
काठमाडौं । तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली घर र आत्मीय परम्पराले भरिएको यस पर्वको मौसमलाई अझ विशेष बनाउन दराज नेपालले “द बिग बोस इज ब्याक” भन्ने मूल नारासहित दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” ल्याउँदैछ ।नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको रोमाञ्चक ...


