Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

इनड्राइभले ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले यो क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन्। क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ। उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ। काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरूले यस क्याम्पेनमा सहभागी हुन सक्नेछन्। चार हप्ते क्याम्पेनअन्तर्गत इनड्राइभले ड्राइभर पार्टनर्सहरूलाई बम्पर उपहारसहित विभिन्न साप्ताहिक पुरस्कार प्रदान गर्नेछ। बम्पर उपहारः– १ जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल साप्ताहिक पुरस्कारहरूः– ४ जनालाई याडिया इलेक्ट्रिक स्कुटर– १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ ५जी स्मार्टफोन– २० जनालाई एयर फ्रायर– २०० जनालाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर– ८०० जनालाई प्रति व्यक्ति १० लिटर इन्धन बराबरको भौचर यस क्याम्पेनबारे बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘हाम्रा ड्राइभर पार्टनर्सहरूको निरन्तर मेहनत, समर्पण र योगदानको कदर गर्दै पारदर्शी र आकर्षक तरिकाले सम्मान गर्ने उद्देश्यले हामीले ‘प्लाटिनम गिभअवे’ क्याम्पेन ल्याएका हौं। यस क्याम्पेनमार्फत धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सहरूले पुरस्कार जित्ने थप अवसर प्राप्त गर्नुहुनेछ। यसले हाम्रो मोबिलिटी इकोसिस्टममा उहाँहरूले पुर्याउँदै आउनुभएको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ।’ The post इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु
प्रविधिJust now

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ शीर्षकको खुला राष्ट्रिय अभियान अघि बढाइएको छ ।अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, प्रवासी नेपालीको ज्ञान, सीप तथा अनुभव र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर बहस अघि बढाउने लक्ष्य राखेको छ ।अभियानका ...

आइसिटी समाचार
कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रविधिJust now

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने

११ कात्तिक, काठमाडौं। कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’ मार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र […] The post कृषि विकास ...

आइसिटी फ्रेम
एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
प्रविधिJust now

एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच

११ कात्तिक, काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् । उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम […] The post एनपीएल क्रिकेट ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play