Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पसँग ७९ प्रतिशत युवा असन्तुष्ट, ७० प्रतिशतको झुकाव डेमोक्रेटिक पार्टीतर्फ

ट्रम्पसँग ७९ प्रतिशत युवा असन्तुष्ट, ७० प्रतिशतको झुकाव डेमोक्रेटिक पार्टीतर्फ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पसँग ७९ प्रतिशत युवा असन्तुष्ट, ७० प्रतिशतको झुकाव डेमोक्रेटिक पार्टीतर्फ

वसिङ्टन । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति युवा मतदाताको असन्तुष्टि बढेको देखिएको छ । ‘न्युयोर्क टाइम्स’ र ‘सिएना युनिभर्सिटी’को सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेर समूहका ७९ प्रतिशत युवा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्ट छन् । ७० प्रतिशत युवा आफूलाई डेमोक्रेटिक पार्टीको समर्थक मान्छन् वा उक्त पार्टीतर्फ झुकाव राख्छन् । अर्थतन्त्रको अवस्था र बढ्दो महँगी युवाको असन्तुष्टिका प्रमुख कारणका रूपमा देखिएका छन् । अमेरिकी युवा मतदाता राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीबाट टाढिँदै डेमोक्रेटिक पार्टीतर्फ आकर्षित भइरहेको सर्वेक्षणले देखाएको छ । १८ देखि २९ वर्ष उमेर समूहका ७० प्रतिशत मतदाताले आफूलाई डेमोक्रेटिक पार्टीको समर्थक मानेका छन् वा उक्त पार्टीतर्फ झुकाव रहेको बताएका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअघि यस्तो झुकाव राख्ने युवा मतदाताको अनुपात ५५ प्रतिशत थियो । यसअनुसार दुई वर्षको अवधिमा डेमोक्रेटिक पार्टीतर्फ युवा मतदाताको झुकाव १५ प्रतिशत अंकले बढेको छ । सर्वेक्षणअनुसार प्रतिनिधिसभा निर्वाचनमा युवा मतदातामाझ रिपब्लिकन उमेदवारको तुलनामा डेमोक्रेटिक उमेदवारले ४४ प्रतिशत अंकको अग्रता लिएका छन् । दुई वर्षअघि यस्तो अन्तर १० प्रतिशत अंक थियो । ट्रम्पको कार्यसम्पादनप्रति युवा मतदाताको असन्तुष्टि पनि उच्च देखिएको छ । १६ प्रतिशत युवा राष्ट्रपतिका रूपमा उनको कार्यसम्पादनबाट सन्तुष्ट छन् भने ७९ प्रतिशतले असन्तुष्टि जनाएका छन् । युवा मतदाता ट्रम्पबाट टाढिँदै गएको संकेत एउटै सर्वेक्षणमा सीमित छैन । अन्य सर्वेक्षणहरूले पनि सन् २०२४ मा ट्रम्पलाई मतदान गरेका युवामाझ उनीप्रतिको समर्थन घटेको देखाएका छन् । सीएनएनका अनुसार डेमोक्रेटिक पार्टीले युवा मतदातामाझ ३१ प्रतिशत अंकको अग्रता हासिल गरेको छ । ‘येल युथ पोल’को प्रतिवेदनअनुसार १८ देखि २२ वर्ष उमेर समूहका ६८ प्रतिशत र २३ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा ट्रम्पका नीतिप्रति असन्तुष्ट छन् । ‘न्युयोर्क टाइम्स’ र ‘सिएना युनिभर्सिटी’को सर्वेक्षणमा सहभागी ९४ प्रतिशत युवाले देशको वर्तमान आर्थिक अवस्था खराब वा औसतभन्दा कमजोर रहेको बताएका छन् । त्यस्तै, ८६ प्रतिशतले अर्थतन्त्र व्यवस्थापन गर्ने ट्रम्पको तरिकाप्रति असहमति जनाएका छन् । सर्वेक्षणमा सहभागी ७७ प्रतिशत युवाले रिपब्लिकन पार्टीले गलत मुद्दाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । उनीहरूको बुझाइमा पार्टी अत्यधिक कट्टर, अभिजात वर्गको हितमा केन्द्रित र भ्रष्ट बन्दै गएको छ । १८ देखि २९ वर्ष उमेर समूहका युवाले अधिकांश प्रमुख मुद्दामा डेमोक्रेटिक पार्टीलाई बढी सक्षम ठानेका छन् । यद्यपि, युवा मतदातामाझ डेमोक्रेटिक पार्टीप्रति पूर्ण समर्थन रहेको भने देखिँदैन । सर्वेक्षणमा सहभागी ५४ प्रतिशत युवाले पार्टीले सही मुद्दाहरू उठाइरहेको बताएका छन् । ४१ प्रतिशतले पार्टीका प्राथमिकता गलत रहेको धारणा व्यक्त गरेका छन् । अक्टोबर २०२६ सम्म आइपुग्दा ट्रम्पको लोकप्रियता घटेको विभिन्न सर्वेक्षणले देखाएका छन् । बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र इरान युद्धका कारण उत्पन्न तनावप्रति युवा मतदातामा गहिरो असन्तुष्टि रहेको बताइएको छ । ट्रम्पका परम्परागत समर्थकमध्ये केहीले पनि उनीप्रतिको समर्थन घटाएको सर्वेक्षणले देखाएको छ । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उनलाई मतदान गरेकामध्ये अहिले करिब दुईतिहाइले मात्र समर्थन कायम राखेका छन् । निर्वाचनपछि सुरुआती चरणमा उनलाई समर्थन गर्नेको अनुपात ९५ प्रतिशत रहेको बताइएको थियो । त्यस्तै, रिपब्लिकन समर्थकमाझ पनि ट्रम्पको लोकप्रियता ८८ प्रतिशतबाट घटेर ७४ प्रतिशतमा झरेको छ । मध्यावधि निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टी पराजित भए के हुन्छ ? यदि, डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्‍यो भने ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दुई वर्षमा विधायकी काम अघि बढाउन थप चुनौती सामना गर्नुपर्नेछ । यसले उनलाई रक्षात्मक अवस्थामा पुर्‍याउन सक्ने विश्लेषण गरिएको छ । त्यस्तै, सरकारी कामकारबाहीमाथि निगरानी बढ्न सक्छ । बजेट, सरकारी खर्च र प्रशासनका निर्णयमाथि डेमोक्रेटिक पार्टीको निगरानी बढ्नेछ । प्रतिनिधिसभाका समितिहरूले ट्रम्प प्रशासनका नीति, खर्च र निर्णयमाथि कडा छानबिन गर्न सक्छन् । बजेट तथा विधेयक पारित गर्न राष्ट्रपतिले थप राजनीतिक सहमति जुटाउनुपर्ने हुन सक्छ । यद्यपि, प्रतिनिधिसभामा बहुमत गुमाउँदैमा राष्ट्रपति पूर्ण रूपमा शक्तिहीन हुने छैनन् । उनीसँग विधेयक रोक्न सक्ने भिटो अधिकार कायम रहनेछ । त्यस्तै, संविधान र कानुनले दिएको सीमाभित्र रहेर उनले कार्यकारी अधिकार प्रयोग गर्न सक्नेछन् । नियुक्ति तथा बजेटसम्बन्धी कतिपय निर्णयमा भने सिनेटको भूमिका महत्वपूर्ण रहनेछ । मध्यावधि निर्वाचनमा पराजय भोगेमा रिपब्लिकन पार्टीभित्र ट्रम्पको नेतृत्वमाथि प्रश्न उठ्न सक्ने बताइएको छ । यसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको राजनीतिमा समेत असर पार्न सक्छ । उनको उत्तराधिकारीबारे बहस तीव्र हुन सक्छ । अर्कोतर्फ, डेमोक्रेटिक पार्टीलाई आफ्ना नीतिगत विकल्प मतदातासमक्ष प्रस्तुत गर्ने अवसर मिल्नेछ । क्यालिफोर्नियाका २७ वर्षीय ट्रक चालक इसाक जुआरेजले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई मतदान गरेका थिए । ट्रम्पका नीतिले अर्थतन्त्रमा सुधार ल्याउने उनको आशा थियो । तर, पेट्रोलको बढ्दो मूल्य र आप्रवासन अधिकारीहरूको कडा कारबाहीले उनको धारणा बदलिएको छ ।“अब मलाई आफैँ थाहा छैन, मैले किन ट्रम्पलाई मतदान गरेको थिएँ,” उनले भने । जर्जिया राज्यको एथेन्स सहरमा बस्ने २१ वर्षीया मेडिकल असिस्टेन्ट केलिन हिचककलाई पनि मासिक खर्च धान्न कठिन भइरहेको छ । प्रतिघण्टा १७ डलर कमाउने उनी महँगो आवास, इन्धनको मूल्यवृद्धि र तलबमा पर्याप्त वृद्धि नहुनुलाई प्रमुख समस्या मान्छिन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मतदान गरेकी थिइनन् । तर, आगामी मध्यावधि निर्वाचनमा भने डेमोक्रेटिक पार्टीलाई मतदान गर्ने योजना बनाएकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
ताजा खबरJust now

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

गोरखापत्र
एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
ताजा खबरJust now

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

केन्द्रबिन्दु
इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
ताजा खबरJust now

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कान्तिपुर
कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
ताजा खबरJust now

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play