ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन । यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ । घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ । घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ । ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ । यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए । अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो । दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मौसम बदलीको संकेत : मंगलवारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
७ कात्तिक, म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले… ...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लघंन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९,… ...


