ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्। शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई अतिरिक्त भन्सार महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन्। संशोधित व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ। ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङमा प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन। यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने उक्त दरको अतिरिक्त भन्सार महसुल लगाइनेछ। घोषणापत्रअनुसार अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ। अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउन महसुलको दायरा परिवर्तन गरिएको घोषणापत्रमा उल्लेख छ। यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी पनि गरिएको छ। ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा भेदभावपूर्ण र अनुचित व्यवहार गरेको आरोप लगाउँदै त्यसको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको बताउँदै आएको छ। यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर मूल्यका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए। त्यसको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो। क्यानाडाको प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो। दुवै देशबीच जारी भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को
काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी ...

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा
युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्। ...

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को
काठमाडौं।दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्यामा वृद्धि भएको छ। यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लर्को देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली-फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप उच्च बनेको छ। दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए। बिदा सकिएपछि उनीहरू ...


