Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् । काठमाडौं । जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । संसोधित कैदी पुर्जी अनुसार रायमाझी कार्तिक २६ मा छुट्ने भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो । सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन् । उनी कार्तिक २५ मा ६५ वर्ष पूरा हुँदै छन् । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ । The post टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्जमा ३ सय २३ ग्राम चाँदीका सामग्रीसहित दुई जना पक्राउ
Latest NewsJust now

वीरगञ्जमा ३ सय २३ ग्राम चाँदीका सामग्रीसहित दुई जना पक्राउ

जनकपुरधाम । वीरगञ्जमा चाँदीबाट बनेका विभिन्न सामग्रीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् । जिल्ला प्रहरी... ...

रातोपाटी
यी हुन् आज दिनभरका प्रमुख समाचार
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख समाचार

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकप्टर दुर्घट, दुर्घटनामा विदेशी पर्यटक भारतीय नागरिक तमिलनाडु राज्यको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु, दुई जना घाइते डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी रुकुम पश्चिममा परे पक्राउ, पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पोखरा एभेन्जर्स ...

कर्पोरट खबर
'मेरोस्ट्रिम’ ओटीटी आजदेखि सञ्चालनमा, एउटै सदस्यतामा फिल्मदेखि वेब सिरिजसम्मको सेवा
Latest NewsJust now

'मेरोस्ट्रिम’ ओटीटी आजदेखि सञ्चालनमा, एउटै सदस्यतामा फिल्मदेखि वेब सिरिजसम्मको सेवा

नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म 'मेरोस्ट्रिम' आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ । नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली सामग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ । दर्शकले ...

फरकधार
लुम्बिनी विकास काेषकाे सदस्य सचिवमा पाण्डेय
Latest NewsJust now

लुम्बिनी विकास काेषकाे सदस्य सचिवमा पाण्डेय

बुटवल । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पाण्डेयलाई सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play