Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पुर्याउन सरकारले काम गरिरहेको बताए। छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाको सहभागिता थियो। सो क्रममा सांसद विष्टले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नभएको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आग्रह गरे। जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगसँगै नयाँ पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तारको काम भइरहेको बताए। उनका अनुसार आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ। करिब रु १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। सञ्चारमन्त्री डा तिमिल्सिनाले टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने समस्या चुनौतीका रूपमा रहेको उल्लेख गरे। साथै, नागरिकका गुनासो सम्बोधनलाई प्राथमिकतामा राख्न पनि मन्त्रालय र मातहतका निकायलाई उनले निर्देशन दिए। “जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुपर्यो। टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ, तत्काल गर्नुहोला,” उनले नेपाल टेलिकमलाई निर्देशन दिँदै भने। विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न पनि उनले निर्देशन दिए। सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता वृद्धि गर्नुपर्ने पनि सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो। सो छलफलका क्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताए। प्राविधिक समस्या पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उनको भनाइ थियो। टावर निर्माण तथा सेवा विस्तारमा स्थानीय तहबाट समेत सहयोगको अपेक्षा गरिएको उनले बताए। स्थानीय युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन्। साथै गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न उनीहरूले आग्रह गरेका छन्। गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव चुनौती बनेको स्थानीय युवाहरूले बताएका छन्। उनीहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडामा रहेको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्। त्यस्तै, समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ। बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायत बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्नसमेत स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।-रासस The post टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न
TechnologyJust now

सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न

२ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटेड आवर कल्चर, कनेक्टि्ड आवर पिपुल, इनर्जीइज्ड सिटिजन्स” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा […] The post सिटिजन्स बैंकको मधेश ...

आइसिटी फ्रेम
बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
TechnologyJust now

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

प्रहरीले बरामद गरेको १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ। The post बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै appeared first on Technology Khabar. ...

टेक्नोलोजी खबर
विज्ञान तथा प्रविधिसम्बन्धी स्टार्टअप ह्याकाथनमा सहभागी हुन मन्त्रालयको आह्वान
TechnologyJust now

विज्ञान तथा प्रविधिसम्बन्धी स्टार्टअप ह्याकाथनमा सहभागी हुन मन्त्रालयको आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा नवीनतम सोच, सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रममा सहभागी हुन इच्छुक संस्था तथा आयोजक संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।मन्त्रालयले पुन: प्रकाशित सूचना जारी गर्दै ...

आइसिटी समाचार
‘ग्रान्ड थेफ्ट अटो ६’ गेमले सार्वजनिक हुनुअघि नै कमायो १ अर्ब डलरभन्दा बढी रकम
TechnologyJust now

‘ग्रान्ड थेफ्ट अटो ६’ गेमले सार्वजनिक हुनुअघि नै कमायो १ अर्ब डलरभन्दा बढी रकम

सबैभन्दा लोकप्रिय एक्सन गेम शृङ्खलाहरूमध्ये एक, *ग्रान्ड थेफ्ट अटो* को आगामी नयाँ संस्करणले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसै बिहीबार हुन लागेको सार्वजनिक प्रदर्शन अगावै, ग्रान्ड थेफ्ट अटो ६ (*Grand Theft Auto 6*) ले प्रि-अर्डरमार्फत १ अर्ब डलरभन्दा बढी राजस्व संकलन गरिसकेको छ। यस गेमको रिलिजलाई लिएर देखिएको तीव्र उत्सुकताले सोनीको ‘प्लेस्टेसन ५’ को बिक्रीमा पनि भारी वृद्धि ल्याएको छ। बजार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play