Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ । उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ । प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । गाउँको सेटअपले धेरैलाई नोस्टाल्जिया सिर्जना गर्छ । ‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो । चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । चलचित्रको थिएटर पार्टनरका रूपमा विग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमिलको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य
Latest NewsJust now

कमिलको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

ओपनर कमिल मिशाराको शतक सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजसामु जितका लागि २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०४ रनको विशाल योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो तेस्रो ... ...

नेपालखबर
एनपीएलमा कामिलले तोडे मार्क वाटको रेकर्ड
Latest NewsJust now

एनपीएलमा कामिलले तोडे मार्क वाटको रेकर्ड

काठमाडौँ । श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान बनाएका छन् । उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बन्दै आफ्नो नाम रेकर्ड बुकमा लेखाएका... ...

रातोपाटी
मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य
Latest NewsJust now

मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य

मिशराले अविजित १२० र रवि बोपाराले ५३ रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन जोड्यो। ...

कान्तिपुर
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला, १ लाख २० हजार अमेरिकी डलर पुरस्कार
Latest NewsJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला, १ लाख २० हजार अमेरिकी डलर पुरस्कार

काठमाडौं । सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ । सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् । फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play