Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

काठमाडाैं । भारतका युवा ओपनर अभिषेक शर्मा न्युजिल्यान्डविरुद्ध विस्फोटक शतक प्रहार गरेसँगै आईसीसी टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। केवल ३५ बलमा शतक पूरा गरेका अभिषेकले ३८ बलमा ११३ रन बनाएपछि भारतले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै शृङ्खला जितेको थियो। ३५ बलमै शतक प्रहार गरेका अभिषेकले ३८ बलमा ११३ रन बनाउने क्रममा ९ चौका र ११ छक्का प्रहार गरेका थिए। न्युजिल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १३.२ ओभरमै चार विकेट गुमाएर पूरा गरेको थियो। यस जितसँगै भारतले पाँच खेलको शृङ्खलामा ३–० को अग्रता लिँदै शृङ्खला आफ्नो पक्षमा पारेको थियो। आईसीसीको वरीयतामा अभिषेक ८९७ रेटिङ अङ्कसहित पहिलो स्थानमा छन्। पाकिस्तानका साहिबजादा फरहान ८८३ अङ्कसहित दोस्रो र भारतकै इशान किशन ८६६ अङ्कसहित तेस्रो स्थानमा झरेका छन्। अभिषेकले यसअघि सन् २०२५ को जुलाईमा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थान हासिल गरेका थिए। यस वर्ष जुलाईमा इशान किशनले उनलाई पछि पारेका थिए। न्युजिल्यान्डविरुद्धको शतकसँगै अभिषेक फेरि शीर्ष स्थानमा फर्किएका हुन्। यता पुरुष खेलाडी वरीयतामा दक्षिण अफ्रिकाका मार्को यान्सेन टेस्ट क्रिकेटको बलिङ र अलराउन्डर वरीयतामा पहिलो बनेका छन् । दक्षिण अफ्रिकाका २६ वर्षीय बायाँहाते तीव्र गतिका बलर यान्सेनले अस्ट्रेलियाविरुद्ध ग्केबेरहामा भएको दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि दुई विधामा शीर्ष स्थान हासिल गरेका हुन् । उनले ब्याटिङमा ८५ रन बनाउनुका साथै अस्ट्रेलियाको पहिलो इनिङ्समा पाँच विकेट लिएका थिए । यस प्रदर्शनसँगै यान्सेन टेस्ट ब्याटिङ वरीयतामा १३ स्थान सुधार गर्दै ५६औँ स्थानमा पुगेका छन् । टेस्ट बलिङमा पाँच स्थान उक्लिँदै मिचेल स्टार्कलाई पछि पारेर शीर्ष स्थानमा पुगेका छन् । त्यस्तै, टेस्ट अलराउन्डर वरीयतामा एक स्थान सुधार गर्दै भारतका रविन्द्र जडेजालाई पछि पारेका छन् । जडेजाले चार वर्षभन्दा बढी समयदेखि टेस्ट अलराउन्डरको शीर्ष स्थान कायम राखेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?
ताजा खबरJust now

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

काठमाडौँ । एक जना विवादास्पद व्यक्तिसँग नाम जोडिएपछि देशका सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरू एकपछि अर्को स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् । खुंखार बिचौलिया भनिएका इनम सापकोटासँगको सम्पर्कलाई... ...

रातोपाटी
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?
ताजा खबरJust now

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

२०७४ मा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष बन्नुअघिसम्म नियुक्तिमा खासै चासो हुने गरेको थिएन, त्रिपाठीको कार्यकाल सकिएपछि २०८० मा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गर्दा विवादित व्यक्ति भन्दै विरोध भयो, अध्यादेशबाट लामालाई पदमुक्त गरिएपछि आनी छोइङ डोल्मालाई हालै उपाध्यक्ष बनाइँदा विरोधमा धर्ना र प्रदर्शन नै भइरहेका छन् । ...

कान्तिपुर
सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
ताजा खबरJust now

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

माल्दिभ्स, बंगलादेश, पाकिस्तान र अन्य सदस्य राष्ट्रले सार्कलाई पुनः सक्रिय बनाउन आवाज उठाइरहेका छन् । तर, भारत–पाकिस्तान तनावका कारण सार्कको अर्को शिखर सम्मेलनको टुंगो लागेको छैन । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play