टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो हटायो

काठमाडौं, कात्तिक १२ । छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालबाट अपलोड गरिएका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। कम्पनीको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार नियम उल्लंघन गरेको भन्दै ती भिडियो हटाइएका हुन्। अप्रिलदेखि जुनसम्मको अवधिमा नेपालबाट अपलोड गरिएका कुल भिडियोमध्ये हटाइएका सामग्रीको हिस्सा ०.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। टिकटकले हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत सामग्री प्रयोगकर्ता वा सर्वसाधारणले रिपोर्ट गर्नुअघि नै स्वचालित प्रणालीमार्फत पहिचान गरेको जनाएको छ। त्यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै हटाइएको प्रतिवेदनमा उल्लेख छ। कम्पनीको आन्तरिक पुनरावलोकन तथा प्रयोगकर्ताको अपिलपछि ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनःस्थापना गरिएको छ। समीक्षा अवधिमा टिकटकले विश्वभरबाट १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका कुल भिडियोको करिब ०.५ प्रतिशत हो। नक्कली खाता र उमेर ढाँट्नेमाथि कारबाही टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्न नक्कली खाता र उमेरसम्बन्धी नियम उल्लंघन गर्ने प्रयोगकर्तामाथि पनि कारबाही गरेको जनाएको छ। प्रतिवेदनअनुसार विश्वभरबाट १४ करोड ६८ लाख सात हजार ४०० भन्दा बढी नक्कली खाता हटाइएका छन्। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ खाता बन्द गरिएका छन्। नियम उल्लंघन गरी अमर्यादित टिप्पणी गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टसमेत हटाइएको प्रतिवेदनमा उल्लेख छ। लाइभ स्ट्रिमिङमा पनि कडाइ टिकटकले लाइभ स्ट्रिमिङमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणाली थप कडा बनाएको जनाएको छ। समीक्षा अवधिमा प्रकाशित कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत सामग्री निलम्बन गरिएको छ। यस अवधिमा सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसनमा कारबाही गरिएको छ भने दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिइएको वा उनीहरूको आम्दानी गर्ने सुविधा हटाइएको प्रतिवेदनमा उल्लेख छ। समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएको पनि टिकटकले जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक ...

एनपीएल तेस्रो संस्करण: साेमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सद्वारा विराटनगर किङ्स ४ विकेटले स्तब्ध
१२ कात्तिक, काठमाडौं। एनपीएल: कर्णालीकाे राेमाञ्चक जित, विराटनगर स्तब्ध: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ। जितका लागि १८७ रनकाे बिशाल लक्ष्य ...

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा
प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो। कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेद्वारा राष्ट्रिय झण्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिष्ट्रारद्वारा ...

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ। नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए। उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए। अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ। यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट ...


