टिकटकको सन् २०२६ को रिपोर्ट सार्वजनिक

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमबारे उल्लेख छ । जसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धता पुनः पुष्टि गरेको छ । नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका २० लाख ३६ हजार एक सय ९१ वटा भिडियो हटाएको जनाएको छ । जुन नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हो । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ प्रतिशत रहेको छ । त्यस्तै, गाइडलाइन्स उल्लंघन गरेका ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका र थप समीक्षापछि ३३ हजार पाँच सय तीन भिडियो पुनःस्थापना गरिएका पनि टिकटकले जनाएको छ । टिकटकले विश्वव्यापीरूपमा १८ करोड ८२ लाख ९८ हजार एक सय ४१ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो । तीमध्ये १८ करोड ३३ लाख ४४ हजार सात सय सात भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजी प्रयोगबाट हटाइएका हुन् । कम्पनीका अनुसार विश्वव्यापीरूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन्ट पहिचान गरी हटाउने दर ९९.५ प्रतिशत रहेको छ भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका छन् । समीक्षापछि कुल ६२ लाख ६२ हजार तीन सय ८३ भिडियो पुनःस्थापना गरिएका छन् । टिकटकले प्रयोगकर्ता एकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ । सो अवधिमा १४ करोड ६८ लाख सात हजार चार सय फेक एकाउन्ट हटाइएको छ । त्यसका अतिरिक्त १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशंका गरिएका दुई करोड ६८ लाख ४० हजार सात सय ६७ एकाउन्ट पनि हटाइएका छन् । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार चार सय ६३ कमेन्टसमेत हटाइएको छ । टिकटकले लाइभ फिचरमा हुने गतिविधि निगरानी र नियम कार्यान्वयन पनि प्राथमिकतामा राखेको छ । प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट निलम्बन गरिएको छ । नियम उल्लंघनको कारबाहीस्वरूप टिकटकले सात करोड ६७ लाख २१ हजार ९३ लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार एक सय ३५ लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ । समीक्षा गरेपछि २३ लाख ९८ हजार आठ सय ४६ लाइभ सेसन पुनःस्थापना गरिएका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
काठमाडौँ। बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ। आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टीका... ...

रोकिएन वर्षा, एनपीएलका खेल प्रभावित (तस्बिरहरू)
काठमाडौँ । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिगअन्तर्गतका आजका खेल प्रभावित भएका छन् । वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि पानी जम्मा भएकाले आज खेल हुने सम्भावना टर्दै गएको छ ।... ...

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ । मकवानपुरका प्रमुख ...


