Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ। खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ। यसै गरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ। बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुमार बेनकाे व्यंग्य -२८ जनाकाे लिस्टमा नपर्ने नि के पत्रकार भन्नू !
Latest NewsJust now

कुमार बेनकाे व्यंग्य -२८ जनाकाे लिस्टमा नपर्ने नि के पत्रकार भन्नू !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पत्रकार पक्राउ गर्न प्रहरीलाई २८ जनाको सूची पठाएको भन्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले व्यंग्यात्मक टिप्पणी गरेका छन्। बेनले सामाजिक सञ्जालमा लेख्दै २८ जनाको सूचीमा को–को परे भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनले व्यंग्य गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍याे हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नू ...

केन्द्रबिन्दु
शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै
Latest NewsJust now

शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

कर्णाली, कात्तिक १५ गते । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ । डोल्पाका प्रमुख जि... ...

गोरखापत्र
भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक
Latest NewsJust now

भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक

बुटवल। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा राजस्व सङ्कलनको लक्ष्य पार गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म प्रत्येक महिना लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play