Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कुमार बेनकाे व्यंग्य -२८ जनाकाे लिस्टमा नपर्ने नि के पत्रकार भन्नू !

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुमार बेनकाे व्यंग्य -२८ जनाकाे लिस्टमा नपर्ने नि के पत्रकार भन्नू !
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पत्रकार पक्राउ गर्न प्रहरीलाई २८ जनाको सूची पठाएको भन्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले व्यंग्यात्मक टिप्पणी गरेका छन्। बेनले सामाजिक सञ्जालमा लेख्दै २८ जनाको सूचीमा को–को परे भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनले व्यंग्य गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍याे हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नू हैन साथी हो।’ यसअघि प्रधानमन्त्री शाहको सचिवालयले पत्रकार पक्राउ गर्न प्रहरीलाई २८ जनाको नाम पठाएको दाबी गरेर समाचार सार्वजनिक भएका थिए । समाचारअनुसार सुरुमा २८ जनाको सूची पठाइए पनि सात जनालाई नियन्त्रणमा लिने तयारी गरिएको थियो। यद्यपि, उक्त सूची सार्वजनिक भएको छैन। यसअघि शुक्रबार प्रहरीले विश्वमणि सुवेदी, धीरज बस्नेत र शोभराज बराललाई नियन्त्रणमा लिएर केही घण्टापछि रिहा गरेको थियो। तर, प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भने पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री कार्यालयको संलग्नता तथा पूर्वजानकारी नरहेको दाबी गरेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई रिहा गर्न र समाचार कक्षमा धरपकड नगर्न निर्देशन दिएको उनको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दविड मलान आउट
Latest NewsJust now

दविड मलान आउट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजका दविड मलान आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा दविडले सुदरुपश्चिमसँगको खेलमा १७... ...

रातोपाटी
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
Latest NewsJust now

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
Latest NewsJust now

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए। सन् २०२६ को अगस्टमा र... ...

नेपालखबर
गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन
Latest NewsJust now

गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले तर्साउनेहरू धेरै आएपनि आफूलाई तर्सिने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play