Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन: बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन: बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो
Photo / Coverage: टक्सार

काठमाडौँ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन्। एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका हुन्। अवलोकनका क्रममा मन्त्री पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सूक्ष्म जानकारी लिएका हुन्। विद्यालय भ्रमणको क्रममा दुवै देशका शिक्षामन्त्रीहरू एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) पुगेका थिए । उक्त अवलोकन भ्रमणमा दुवै देशका मन्त्रीहरूसँगै टर्कीको सत्तारुढ दल एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडी लगायतका अन्तर्राष्ट्रिय निकायका उच्च प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। अवलोकनका क्रममा मन्त्री पोखरेलले औपचारिक कक्षाकोठाको सिकाइभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राखेका थिए । उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला (वर्कशप) तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाहरूले तयार पारेका ‘शून्य फोहोर’ परियोजना, पुनः प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउस (नर्सरी) मा गोलभेँडा लगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिएका थिए। सोही अवसरमा टर्किस शिक्षामन्त्री तेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँग संवाद गर्दै पूर्व-प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक-विद्यालय सहकार्यका अभ्यासबारे समेत छलफल गरेका थिए । भ्रमणका क्रममा बालविकास केन्द्रका साना विद्यार्थीहरूले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गरेका थिए। दुवै देशका शिक्षामन्त्रीहरूले बिरुवा रोपिरहेका तथा सांस्कृतिक प्रस्तुति दिने बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारीसमेत गरेका थिए। टर्कीको व्यावहारिक ‘हरित विद्यालय’ र बालविकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना जगाउन सके नयाँ पुस्ता स्वतः वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राखे। नेपालमा पनि पूर्व-प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरि काम भइरहेको मन्त्री पोखरेलले बताए । जसमा टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने निष्कर्ष उनको थियो। नेपालमा भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममै जलवायु परिवर्तन र विपद् व्यवस्थापनको शिक्षा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अघि बढाइसकिएको सन्दर्भमा टर्किस समकक्षीसँगको यो भेटघाट, स्थलगत अवलोकन र अनुभव आदानप्रदानबाट नेपालको विद्यालय शिक्षा सुधार र हरित विद्यालय निर्माणमा थप टेवा पुग्ने विश्वास मन्त्री पोखरेलको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
Latest NewsJust now

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज... ...

रातोपाटी
‘नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छ’
Latest NewsJust now

‘नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छ’

भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए।  अ... ...

नेपालखबर
सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित
Latest NewsJust now

सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित

सभामुख डोलप्रसाद अर्यालले भीमफेदी दुर्घटनाका पीडितलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्।  सोमबार सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले उनीहरूको पारिवारिक तथा आर्थिक अवस्थाबारे जानकारी लिएका छन्।  उनले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेलाई राज्यक... ...

नेपालखबर
यौनहिंसासम्बन्धी विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाको सुझाव
Latest NewsJust now

यौनहिंसासम्बन्धी विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाको सुझाव

काठमाडौं । यौनहिंसासम्बन्धी कानुनलाई थप प्रभावकारी र पीडितमैत्री बनाउन प्रस्तावित विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले संयुक्त रूपमा सोमबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा थप सुधारको आवश्यकता औँल्याइएको हो । कार्यक्रममा वकालत पत्र प्रस्तुत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play