Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/झापामा महिला फुटबलको महाकुम्भ, विजेतालाई ११ लाख

झापामा महिला फुटबलको महाकुम्भ, विजेतालाई ११ लाख

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा महिला फुटबलको महाकुम्भ, विजेतालाई ११ लाख

झापा । झापालाई महिला फुटबलको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोस्रो संस्करणको ‘झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ आगामी मंसिर ५ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दूधे रंगशालामा आयोजना हुने प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन आयोजकले तयारी तीव्र पारेको छ । आयोजक संस्थाका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित भारत र भुटानका एक-एक टोली तथा नेपालका दुई ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । आयोजकका अनुसार यो पुरस्कार राशि नेपाली महिला फुटबल प्रतियोगितामध्ये सर्वाधिक हो । उपाधिका लागि हुने प्रतिस्पर्धाले महिला फुटबलको विकाससँगै झापाको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) लाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ दिइनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) ले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । करिब एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताका लागि दूधे रंगशालाको स्तरोन्नति, बाँसको अस्थायी प्यारापिट निर्माण र खेलमैदान मर्मतको काम अघि बढाइएको छ । यी सबै काम कात्तिक तेस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्यसहित तयारी भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ । प्रतियोगितालाई खेलकुदमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । आयोजकले प्रत्येक टिकट बिक्रीबाट १० रुपैयाँ छुट्याएर आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई सहयोग गर्ने योजना बनाएको छ । यसले खेलकुदमार्फत् सामाजिक क्षेत्रमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । शिवसताक्षी नगरप्रमुख मेघाहाङ थोप्रासहित नगरका जनप्रतिनिधिहरू संरक्षक रहेको प्रतियोगिताको सफल सञ्चालनका लागि खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ । महिला फुटबलको विकास, स्थानीय खेल प्रतिभाको प्रोत्साहन र झापाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्य राखिएको प्रतियोगिता सफल बनाउन आयोजकले स्थानीय उद्योगी, व्यवसायी, पत्रकार र खेलप्रेमीलाई सहयोगका लागि अपिल गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एम्बाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि
ताजा खबरJust now

एम्बाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौँ । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २००१ मा माइकल ओवेनले जितेयता पहिलोपटक इंग्ल्यान्डका खेलाडीले फुटबलको... ...

रातोपाटी
कस्तो होला आजको मौसम ?
ताजा खबरJust now

कस्तो होला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति ...

कर्पोरट खबर
एनपीएलमा आज विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै, अघिल्लो संस्करणको नतिजा कस्तो थियो ?
ताजा खबरJust now

एनपीएलमा आज विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै, अघिल्लो संस्करणको नतिजा कस्तो थियो ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने... ...

रातोपाटी
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
ताजा खबरJust now

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

म्याग्दी। कर्मले नै परिचय दिन्छ। सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ। नामसँगै दाम पनि प्राप्त हुन्छ। यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई। जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन्। बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन्। सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन्। चार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play