झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा। झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए। केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ राष्ट्रिय परिचयपत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताए। “राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, उनले भने। चालु आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण संकलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपि वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नागरिकताको वंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अङ्गीकृततर्फ १८० वटा, अङ्गीकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ । सर्वसाधारणलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि र बिदाका दिन सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको छ । हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिए। सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचना निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...


