Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ज्ञान संस्कार वार्षिक खेलकुद महोत्सव सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
ज्ञान संस्कार वार्षिक खेलकुद महोत्सव सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ज्ञान संस्कार इन्टरनेशनल स्कुलको वार्षिक खेलकुद महोत्सव (स्पोर्टस् डे) भव्यरुपमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको सामाखुशीस्थित ज्ञान संस्कारको प्रांगणमा साता दिनसम्म चलेको स्पोर्ट्स डे सम्पन्न भएको हो । सहभागी खेलाडीलाई प्रमुख अतिथि महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले एक कार्यक्रमबीच पुरस्कृत र सम्मान गरेका थिए । २०७९ सालमा काठमाडौँ उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेशनल स्कूलले जीवनोपयोगी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै शैक्षिक, संस्कार देखि खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्तै, ज्ञान संस्कार स्कुलले राष्ट्रिय खेलकुद परिषद्को मातहत रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हरेक वर्ष राष्ट्रियस्तरको स्केटिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अञ्जिलाले स्कुलमा पढाई देखि विद्यार्थीको संस्कार र खेलकुदमा पनि उत्तिकै प्रभावकारी कार्यक्रय आयोजना हुँदै आएकोमा खुसी व्यक्त गरिन् । ‘एक खेलाडीको लागि संस्कार र अनुशासन निकै महत्वपूर्ण हुन्छ । ज्ञान संस्कार स्कुलले सुरुबाटै विद्यार्थीलाई यी कार्यक्रममा पोख्त बनाएको रहेछ । निकै खुसी लाग्यो,’ अञ्जिलाले भनिन्, ‘स्कुलले आगामी दिनमा पढाईसँग सँगै खेलकुदलाई झनै प्राथमिकतामा राख्ने विश्वास लिएको छु ।’ विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले कार्यक्रममा सहभागी भएकोमा अञ्जिलालाई धन्यवाद ज्ञापन गरिन् । उनले हरेक वर्ष पढाईसँगै खेलकुदलाई पनि निरन्तरता दिन स्कुल सफल भएको बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
Latest NewsJust now

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी।कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय ...

नेपालन्युज
अनमोलले किन रोजे गाउँले भूमिका ?
Latest NewsJust now

अनमोलले किन रोजे गाउँले भूमिका ?

काठमाडौँ । युवा पुस्तामा राम्रो क्रेज बनाउन सफल अभिनेता हुन् अनमोल केसी । केसी केही समयको अन्तरालपछि नयाँ फिल्म ‘बाटुलो जून’ मा देखिँदैछन् । फिल्ममा पहिलो पटक गाउँले परिवेशको चरित्रमा... ...

रातोपाटी
तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी
Latest NewsJust now

तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी

बोमलाल गिरीनवलपुर, कात्तिक २० गते । निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, नवलपुरको कावासोत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play