जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ (स्याङ्जा) । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यवसायी गौरीलाल सञ्ज्यालले बताए । सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् । “जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो”, उनले भने, “स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्याउन थालेका हौँ ।” उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उनले बताए। एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए । “एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो”, उनले भने, “बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ।” घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यवसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


