Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

10/22/2026, 3:28:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

काठमाडौँ । भारतको जियो प्लेटफर्म्स लिमिटेडले आज (अक्टोबर २१) देखि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउँदै छ । यसमार्फत कम्पनीले ३० हजार १८८ करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। निष्कासनमा अक्टोबर २३ सम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारतीय रुपैयाँ मूल्य तोकेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम मूल्यका आधारमा न्यूनतम १३ हजार ४२८ भारतीय रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । ग्रे मार्केटमा देखिएको मूल्यका आधारमा कम्पनीको सेयर सूचीकृत हुँदा करिब २२ प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ग्रे मार्केटको मूल्य अनौपचारिक हुने भएकाले वास्तविक सूचीकृत मूल्य फरक पर्न सक्छ र प्रतिफल सुनिश्चित हुँदैन । कम्पनीले कर्मचारीका लागि ५०० करोड भारतीय रुपैयाँसम्म र रिलायन्स इन्डस्ट्रिजका योग्य सेयरधनीका लागि २ हजार ५०० करोड रुपैयाँसम्मका सेयर छुट्याएको छ। कर्मचारीले प्रतिकित्ता ५४ भारतीय रुपैयाँ छुटसमेत पाउनेछन् । कुल निष्कासनमध्ये ५० प्रतिशत योग्य संस्थागत लगानीकर्ता, १५ प्रतिशत गैरसंस्थागत लगानीकर्ता र ३५ प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । आईपीओबाट प्राप्त रकम रिलायन्स जियो इन्फोकम लिमिटेडको ऋण भुक्तानी तथा सामान्य व्यावसायिक प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ। निष्कासनपछि प्रवर्द्धक समूहको सेयर स्वामित्व ६६.४३ प्रतिशतबाट घटेर ६४.४८ प्रतिशतमा झर्नेछ । यसअघि सन् २०२४ मा हुन्डाई मोटर इन्डियाले २७ हजार ८५८ करोड भारतीय रुपैयाँको आईपीओ ल्याएको थियो। जियोको निष्कासन त्यसलाई उछिन्दै भारतकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ। जियो प्लेटफर्म्स भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। सन् २०२६ जुन ३० सम्म कम्पनीका कुल ग्राहक ५३ करोड ३० लाख पुगेका थिए। तीमध्ये २८ करोड ४९ लाख ग्राहक पाँचौँ पुस्ताको दूरसञ्चार सेवा प्रयोग गर्ने रहेका छन् । कम्पनीले आईपीओ खुल्नुअघि २१२ संस्थागत लगानीकर्ताबाट ८ हजार ११० करोड भारतीय रुपैयाँ जुटाएको जनाएको छ। भारतीय धितोपत्र तथा विनिमय बोर्डबाट अगस्टमा आवश्यक स्वीकृति पाएपछि कम्पनीले अक्टोबर १४ मा निष्कासनसम्बन्धी विवरणपत्र दर्ता गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

घट्यो अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ
ताजा खबरJust now

घट्यो अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ

नेपाल राष्ट्र बैंकले आज कात्तिक ५ गते (अक्टोबर २२) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चाइनिज युआन, साउदी अरेबियन रियाल, ... ...

नेपालखबर
टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
ताजा खबरJust now

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज... ...

रातोपाटी
एनपीएल खेल्न नेपाल आइपुगे जिम्मी निसम
ताजा खबरJust now

एनपीएल खेल्न नेपाल आइपुगे जिम्मी निसम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्नका लागि न्युजिल्यान्डका स्टार अलराउन्डर जिम्मी निसम नेपाल आइपुगेका छन् । जनकपुर बोल्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत निसम नेपाल अवतरण भइसकेको र... ...

रातोपाटी
भाइकिङलाई ३-१ ले हराउँदै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियो
ताजा खबरJust now

भाइकिङलाई ३-१ ले हराउँदै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा इङ्लिस क्लब एस्टन भिल्लाले नर्वेली क्लब भाइकिङमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ । खेलमा एस्टन भिल्लाले पहिलो हाफमै दुई गोलको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play