Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु
Photo / Coverage: पर्दाफास

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो । घटनाको जानकारी राति करिब ९ः४० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ । घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
OthersJust now

ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका

केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् । ...

अनलाइन खबर
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन
OthersJust now

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ। ...

अनलाइन खबर
प्रश्न हराएको समाज
OthersJust now

प्रश्न हराएको समाज

मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। तर, अहिले हाम्रो समाजमा प्रश्नहरू गहिरो चिरनिद्रामा छन्। समाज मसानघाटको भिडमा देखिने मुर्दा शान्तिजस्तै मौन छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play