Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, बीरग‌जमा चाँदीसहित २ पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, बीरग‌जमा चाँदीसहित २ पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका फरकफरक दुई स्थानमा छापा मारी जुवातास खेलिरहेका १३ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले खैरहनी ८, पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ७७ हजार ९ सय ९५ रुपैयाँ नगद र १० थान तास बुक बरामद गरेको थियो। पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिकामा पक्राउ पर्ने ८ जनामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, गएराति १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १६ नविन चोकमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले थप ५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ३३ हजार ९ सय ९० रूपैयाँ नगद र २ बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए । चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना पक्राउ चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् । वीरगन्ज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १० बजे भारतको नम्बर प्लेट भएको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेका सिक्री, चम्चा, प्लेट, गणेश–लक्ष्मीका मूर्ति, माछा, हरिण, कछुवा र गोरुको आकृतिका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरामद सामानको कुल तौल ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम रहेको छ । बरामद सामानमा ४ थान चम्चा, एक थान सिक्री, एक थान प्लेट, गणेश–लक्ष्मीका दुई थान मूर्ति, पाँच थान माछा, तीन थान हरिण, चार थान कछुवा र एक थान गोरुको आकृति रहेका छन् । प्रहरीले बरामद सामानसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
होटल खोल्ने समय छोट्याउँदा विराटनगरका होटल–पर्यटन व्यवसायीको चिन्ता
Latest NewsJust now

होटल खोल्ने समय छोट्याउँदा विराटनगरका होटल–पर्यटन व्यवसायीको चिन्ता

मदिरा सेवन, झैझगडा र सवारी दुर्घटना बढेको गुनासोपछि मोरङ प्रशासन र महानगरपालिकाले होटल, रेस्टुरेन्ट र मनोरञ्जनस्थल संचालनमा नयाँ मापदण्ड लागू गरेका छन्। ...

कान्तिपुर
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
Latest NewsJust now

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी, कात्तिक १८ गते । पछिल्लो मनसुनजन्य विपद् बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएक... ...

गोरखापत्र
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
Latest NewsJust now

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् । कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत ...

केन्द्रबिन्दु
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का खाएपछि रिसाए ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का खाएपछि रिसाए ट्रम्प

काठमाडौं – मिड ट्रम निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का खाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिसाएका छन् । मंगलबार भएको निर्वाचनको परिणाम आउन थालेपछि ट्रम्प असन्तुष्ट बनेका छन् । अमेरिकी तल्लो र माथिल्लो दुवै सदनमा डेमोक्र्याटले कब्जा गर्ने संकेत देखिएको छ । गभर्नरमा पनि रिपब्लिकनभन्दा डेमोक्र्याट नै बढी विजयी बनेका छन् । रिपब्लिकन पार्टीको पराजयको बीचमा, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसियलमा पहिलो ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play