Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
Photo / Coverage: केन्द्रबिन्दु

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् । कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताए । साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताए । पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उनले जानकारी दिए । नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ । लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. गोविन्द केसीको सत्याग्रहले उठाएका प्रश्न
Latest NewsJust now

डा. गोविन्द केसीको सत्याग्रहले उठाएका प्रश्न

नेपालमा राजनीतिक परिवर्तन धेरै भए । सरकार फेरिए, मन्त्री फेरिए, नीति तथा कार्यक्रम फेरिए र विकासका नारासमेत फेरिए । तर आम नागरिकले सहज, सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा... ...

रातोपाटी
पुस २ गतेदेखि विराट एक्स्पो हुँदै
Latest NewsJust now

पुस २ गतेदेखि विराट एक्स्पो हुँदै

विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा... ...

रातोपाटी
एनपीएललाई चर्चित दक्षिण अफ्रिकाका ब्याटर मिलर आइपुगे
Latest NewsJust now

एनपीएललाई चर्चित दक्षिण अफ्रिकाका ब्याटर मिलर आइपुगे

विश्वका चर्चित फ्रेन्चाइज लिगमा प्रभाव जमाएका दक्षिण अफ्रिकी बायाँहाते ब्याटरले एनपीएलका कर्णाली याक्सबाट खेल्नेछन् । ...

कान्तिपुर
कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने
Latest NewsJust now

कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने

मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play