काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलरले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्। कर्णाली याक्सले यस सिजनका लागि मिलरलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने र अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउन सक्ने क्षमताका कारण उनी टोलीका महत्त्वपूर्ण खेलाडी मानिएका छन् । मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितासमेत खेलेका छन् । इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई सन् २०२२ मा उपाधि जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । कर्णाली याक्सले यसअघि पनि साहिबजादा फरहान, हुसेन तलत र मार्क वाटलगायतका विदेशी खेलाडीलाई टोलीमा समेटेको छ । जारी प्रतियोगितामा कर्णालीले ३ खेलमा २ जित र एक हारसहित ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । The post एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड मिलर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड मिलर

Read Complete Original Article
Published originally on कर्पोरट खबर






