Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
Photo / Coverage: नेपालन्युज

गण्डकी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए । राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
Latest NewsJust now

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

तेहरान । इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबिच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो... ...

रातोपाटी
लन टेनिस : महिला डबलतर्फ नेपाल आर्मीकी शिवाली र स्वस्तिका विजयी
Latest NewsJust now

लन टेनिस : महिला डबलतर्फ नेपाल आर्मीकी शिवाली र स्वस्तिका विजयी

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार भएको लन टेनिसको फाइनलमा नेपाल आर्मीको जोडीले बागमतीका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले पराजित गर्‍यो। ...

कान्तिपुर
खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ
Latest NewsJust now

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

काठमाडौं । खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार अनुगमन गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी टोलीले जाँच गर्ने क्रममा ५ सय ६७ किलो बाख्रीको मासु दुईवटा गाडीमा लोड ...

केन्द्रबिन्दु
रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला
Latest NewsJust now

रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई झोले युगबाट बाहिर निकालेर स्मार्ट फाइलको युगमा प्रवेश गराएको घोषणा गरेका छन् । उनले पार्टीलाई ‘घण्टे’ र ‘खराने’ भन्ने पहिचानबाट समेत बाहिर निकाल्ने बताए । शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका कार्यक्रम, अधिवेशन र प्रशिक्षणमा सहभागीलाई झोला वितरण गर्ने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement