Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार अनुगमन गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी टोलीले जाँच गर्ने क्रममा ५ सय ६७ किलो बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको हो । प्रहरीले बा ५६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित आठ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेका २५ वर्षीय दिनेश महत रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
Latest NewsJust now

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने

गण्डकी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको ...

नेपालन्युज
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
Latest NewsJust now

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

तेहरान । इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबिच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो... ...

रातोपाटी
लन टेनिस : महिला डबलतर्फ नेपाल आर्मीकी शिवाली र स्वस्तिका विजयी
Latest NewsJust now

लन टेनिस : महिला डबलतर्फ नेपाल आर्मीकी शिवाली र स्वस्तिका विजयी

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार भएको लन टेनिसको फाइनलमा नेपाल आर्मीको जोडीले बागमतीका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले पराजित गर्‍यो। ...

कान्तिपुर
रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला
Latest NewsJust now

रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई झोले युगबाट बाहिर निकालेर स्मार्ट फाइलको युगमा प्रवेश गराएको घोषणा गरेका छन् । उनले पार्टीलाई ‘घण्टे’ र ‘खराने’ भन्ने पहिचानबाट समेत बाहिर निकाल्ने बताए । शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका कार्यक्रम, अधिवेशन र प्रशिक्षणमा सहभागीलाई झोला वितरण गर्ने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement