Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुरविरुद्ध कर्णालीको सुखद् सुरुआत

जनकपुरविरुद्ध कर्णालीको सुखद् सुरुआत

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरविरुद्ध कर्णालीको सुखद् सुरुआत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमा समेटिएपछि कर्णालीले १९ रनको जित निकालेको हो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउनुभयो । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५ तथा मायन यादवले १४ रन बनाउनुभयो । अनिलकुमार शाहले ११ र कुशल परेवा ६ रनमा आउट हुनुभयो । तृतराज दासले एक रन बनाउनुभयो । आदित्य मेहता खाता नखोली आउट हुँदा ललित राजवंशीले एक रन जोड्नुभयो । राहुल यादव एक रनमा अविजित रहनुभयो । कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिनुभयो । युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिनुभएको थियो । उहाँले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गर्दै खेलमा कर्णालीको पकड बलियो बनाउनुभएको थियो । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिनुभयो । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाउनुभयो । उहाँले २९ बलमा चार चौका प्रहार गर्नुभयो । पवन सर्राफले ३७ बलमा ३७ रन जोड्दै अरिफुलसँग चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्नुभयो । कर्णालीले सुरुवातदेखि नै नियमित विकेट गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट हुनुभयो । चार रनमै पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दा दोस्रो विकेट गुमायो । जनकपुरका लागि डेब्यु गरेका राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराउनुभयो । ३७ रन हुँदा तेस्रो विकेट गुमाएको कर्णालीका हुसेन तलत तीन रनमा पभेलियन फर्किउनुभयो । त्यसपछि अरिफुल र पवनले इनिङ्स सम्हाल्ने प्रयास गर्नुभएको थियो । उहाँहरू आउट भएपछि कर्णालीको ब्याटिङ फेरि दबाबमा परेको थियो । अक्बर अलीले एक, सोमपाल कामीले एक र गुल्सन झाले १२ रन बनाउनुभयो । नन्दन यादव नौ रनमा आउट हुँदा युवराज खत्री र युनिस ठकुरी अविजित रहनुभयो । जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिनुभयो । मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट हात पार्नुभयो । एनपिएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ बजे सुरु हुनेछ । विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जितयसअघि मंगलबार भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रनमै समेटियो । विराटनगरलाई सस्तैमा रोक्न कमलसिंह ऐरीले चार विकेट लिनुभयो । कमलले चार ओभर बलिङ गर्दा २६ रन खर्चिनुभयो । रिजन ढकालले दुई, रञ्जीत कुमार, मौसम ढकाल, टम टेयलर र ड्यान मुस्लेले समान एक विकेट लिनुभयो । विराटनगरका निम्ति ओपनर इम्रान शेखले ३९ रन बनाउनुभयो । आन्द्रे रसेलले ३३ रनको योगदान गर्नुभयो । अर्का ओपनर लोकेश बमले २६, एञ्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ रन जोड्नुभयो । त्यसअघि, चितवनले विराटनगरविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका निम्ति ओपनर डेविड मलानले ७० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ५० बलमा समान पाँच चौका र छक्का प्रहार गर्नुभयो । उहाँले अर्का ओपनर देव खनालसँग ५८ रनको अर्धशतकीय साझेदारी गर्नुभयो । अविजित रहनुभएका रवि बोपाराले ३२, ड्यान मुस्लेले २९ र देव खनालले १२ रन जोड्नुभयो । विराटनगरका एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान एक विकेट लिनुभयो । खेलमा कप्तान सन्दीपले १७.३ ओभरमा डीआरएसको अपिल गर्नुभएको थियो । उक्त बलमा अम्पायरले नटआउटको संकेत गरेपछि उहाँले अपिल गर्नुभएको हो । तर, उहाँको अपिल सफल भएन । टीभी अम्पायरले पनि नटआउटको संकेत गर्दा चितवनका डानी मुस्लेको विकेट जोगिएको थियो । त्यसपछि चितवनले पनि डीआएरसको अपिल गरेको थियो । दोस्रो इनिङको ३.१ ओभरमा गरिएको उक्त अपिल पनि सफल भएन । यसबाट विराटनगरका लोकेश आउट हुनबाट जोगिनुभयो । जितसँगै चितवनले दुई अंक जोडेको छ । चितवनले अब दोस्रो खेल यही ३१ अक्टोबरमा लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको विराटनगरले सोही दिन दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू
ताजा खबरJust now

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।  प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ।  अर्णव चक्रवातको प्रभावले कोस... ...

नेपालखबर
काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
ताजा खबरJust now

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती... ...

रातोपाटी
चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
ताजा खबरJust now

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम... ...

रातोपाटी
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग
ताजा खबरJust now

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play