नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए । जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।
जनकपुरविरुद्ध अर्धशतक बनाएर आउट भए लोकेश बम

Read Complete Original Article
Published originally on फरकधार






